नेपाल र ओमान खेल्दै

२०८१ आश्विन २, बुधबार ०७:४४

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ ।

क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

यस संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुदैछन् ।

४ खेल खेल्दा ओमान ३ अंकका साथ छैटौं स्थानमा तथा नेपाल ५ खेलबाट २ अंकका साथ सातौं स्थानमा छ ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ ।

त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । ओमानले भने यस सिरिजमा पहिलो खेल खेल्दैछ ।

नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ । ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy