एसियन क्रिकेट काउन्सिलले ACC Men’s Premier Cup को तालिका आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। प्रतियोगिताका शीर्ष तीन टोलीले २०२७ ओडीआई एसिया कपमा स्थान बनाउने भएकाले यो प्रतियोगिता नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ।
३० अगस्टदेखि मलेसियामा सुरु हुने एकदिवसीय प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ।
नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ चीन रहेका छन्। अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार छन्।
नेपालले २०२३ मा घरेलु मैदानमा आयोजित ACC Premier Cup को उपाधि जित्दै ODI Asia Cup खेलेको थियो। तर दुई वर्षअघि ओमानमा भएको ACC Premier Cup को सेमिफाइनलमा युएई सँग पराजित हुँदै २०२५ T20 Asia Cup मा छनोट हुन असफल भएको थियो। अब नेपालसँग फेरि एसिया कपको टिकट सुरक्षित गर्ने अवसर आएको छ। एसिया कप २०२७ बंगलादेशमा जून १८ देखि आयोजना हुनेछ।
एसीसी प्रिमियर कपबाट कति वटा टोलिले ५० ओभर एसिया कप खेल्ने अधिकारिक घोषणा भैसकेको छैन। यस अघि टि-२० फर्म्याटको एसिया कपमा ८ टोलि तथा ५० ओभर एसिया कपमा ६ टोलि सहभागी हुँदै आएका छन्। यस पटक टोलि संख्या बढ्न सक्ने अपेक्षा गरिएको छ।
यता नेपालले २१ अगस्टदेखि अष्ट्रेलियामा Top End T20 Tournament खेल्नेछ, जुन ३० अगस्टमा सकिने तालिका छ। त्यसपछि नेपालले सेप्टेम्बर ६ मा New Zealand ‘A’ विरुद्ध ५० ओभरको अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।
नेपाली टोली अष्ट्रेलियामै रहने भएकाले Top End T20 र ACC Premier Cup मा दुई फरक टोली सहभागी हुने बताइएको छ। एसिया कप छनोटका लागि ACC Premier Cup बढी महत्वपूर्ण भएकाले Top End T20 मा नेपाल ‘A’ टोली खेल्ने सम्भावना बलियो देखिएको छ।
