कोलकाताको पहिलो हार, चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) मा कोलकाता नाइटराईडर्सले पहिलो हार व्याहोरेको छ ।

चेन्नईको घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा चौथो खेलमा पहिलो हार व्यहोर्ने क्रममा कोलकाताले ७ विकेटको सहज हार व्यहोरेको छ ।

कोलकाताले दिएको १ सय ३८ रनको लक्ष्य चेन्नईले १७ दशमलब ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकाको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । ड्यारल मिचेलले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । दोस्रो विकेटका लागिमा मिचेल र गायकवाडले ५५ बलमा ७० रनको साझेदारी गरे । यो साझेदारी नै जितका लागि निर्णायक बन्यो ।

शिभव दुवेले १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा २८ रन बनाए । तेस्रो विकेटका लागि गायकवाड र दुवेले बलमा रनको ३८ साझेदारी गरे ।

अर्का ओपनर रचिन रविन्द्रले ८ बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए ।

कोलकाताका लागि वरुण अरोराले दुई तथा सुनिल नारेनले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

कोलकाताका लागि कप्तान श्रेयस अय्यरले ३२ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाए । ओपनर सुनिल नारानले २० बलमा ३ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । अंगकृष्ण रघुवंशीले २४ तथा रमनदिप सिंहले १३ रन बनाए ।

कोलकातालाई कम रनमा रोक्न चेन्नईका लागि तुसारदेश पान्डे र रविन्द्र जडेजाले समान तीन तीन तथा मुस्ताफिजुर रहमानले दुई विकेट लिए ।

जितसँगै चेन्नई पाँच खेलमा तीन जितका साथ चौथो स्थानमा छ । चौथो खेलमा पहिलो हार व्यहोरेको कोलकाता दोस्रो स्थानमा कायमै छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]