कोहलीको शतकमा राजस्थानलाई १८४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को १९ औं खेलमा विराट कोहलीको शतकको मद्दतमा रोयल च्यालेन्जर्स बेंगलुरुले राजस्थान रोयल्सलाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

राजस्थानको घरेलु मैदान सवाईमानसिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

बेंगलुरुका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्काको सहयोगमा अविजित १ सय १३ रनको शतकीय ईनिङ खेले । आइपीएल ईतिहासमा आफ्नो आठौं शतक कोहलीले ६७ बलमा पुरा गरेका थिए । यो सिजनको यो नै पहिलो शतक रहेको थियो ।

कप्तान फाफ डु प्लेसिसले ३३ बलमा २ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए । पहिलो विकेटका लागि कोहली र फाफले १३ दशमलब ६ ओभरमा १ सय २५ रनको शतकीय साझेदारी गरे । तर, अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

ओपनरले दिलाएको सुरुआत अनुसार पछिल्ला क्रमका ब्याटर नचल्दा टोली २ सयको योगफल बनाउने ठूलाे अवसरबाट पछि पर्यो । १५ औं ओभर पछि राजस्थानका बलरले राम्रो पुनरागमन गर्दै बेंगलुरुलाई ठूलो योगफल बन्न दिएन ।

राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नान्द्रे बर्गरले १ विकेट लिए ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]