गुजरातमाथि लखनाउको सहज जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को २१ औं खेलमा लखनाउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई सहज रुपमा पराजित गरेको छ ।

घरेलु मैदान एकना क्रिकेट स्टेडियममा भएको खेलमा लखनाउ ३३ रनले विजयी भएको हो ।

लखनाउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको पाहुना टोली १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ३० रन मात्र बनायो ।

गुजरातका लागि ओपनर साई सुदर्शनले २३ बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए । अर्का ओपनर शुभमन गिलले २१ बलमा १९ रन बनाए । साई र गिलले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । ५४ रनमा कुनै विकेट नगुमाएको गुजरातले ७६ रन जोड्दा बाँकी १० विकेट गुमायो ।

विजय शंकरले १७ बलमा १७ तथा राहुल तिवातियाले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए ।

लखनाउका लागि यस ठाकुरले पाँच तथा कुर्नाल पान्ड्याले तीन विकेट लिए । रवि विष्नोई र नभिन उल हकले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनाउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

लखनाउका लागि मार्कस स्टोइनसले ४३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान केएल राहुलले ३१ बलमा ३ चौकाको सहयोगमा ३३ रन बनाए । तेस्रो विकेटका लागि स्टोईनेस र राहुलले ६२ बलमा ७३ रनको साझेदारी गरे ।

निकोलस पुरनले २२ बलमा ३ छक्काको सहयोगमा अविजित ३२ रन बनाए । आयुष बदोनीले ११ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए ।

गुजरातका लागि उमेश यादव र दर्शन नालकन्डेले समान दुई दुई विकेट लिए । राशिद खानले एक विकेट लिए ।

चौथो खेलमा दोस्रो जितका साथ लखनाउ तेस्रो स्थानमा उक्लिएको छ । पाँचौ खेलमा तेस्रो हारका साथ गुजरात पुछारबाट चौथो स्थानमा छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]