चेन्नईमाथि दिल्लीको जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) मा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई दिल्ली क्यापिटल्सले पराजित गरेको छ ।

विशाखापटनममा भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा दिल्ली २० रनले विजयी भयो ।

दिल्लीले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि अजिङ्का राहाणेले ३० बलमा ५ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । यस सिजनकाे तेस्रो खेलमा पहिलो पटक ब्याटिङकाे अवसर पाएका महेन्द्रसिंह धोनीले १६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ३७ रन बनाए ।

ड्यारियल मिचेलले २६ बलमा ३४ तथा रविन्द्र जडेजाले १७ बलमा अविजित २१ रन बनाए ।

दिल्लीका लागि मुकेश कुमारले ३ तथा खलिल अहमदले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । राम्रो सुरुआत पाएको दिल्लीका लागि यि दुई ओपनरले ९३ रनको साझेदारी गरेका थिए । त्यसपछिका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा दिल्लीले विशाल योगफल बनाउँन सकेन ।

कप्तान रिषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । पन्तको अर्धशतकको सहयोगमा दिल्ली मध्यम योगफलसम्म पुग्यो । मिचेल मार्शले १२ बलमा १८ रन बनाए ।

चेन्नईका लागि मथिशा पथिरानाले ३ तथा मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।

तेस्रो खेलमा पहिलो जित निकालेको दिल्ली सातौं स्थानमा उक्लिएको छ । पराजित चेन्नई दोस्रो स्थानमा झरेको छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]