चेन्नईले हैदराबादलाई दियो १६६ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपीएल)को १८ औं खेलमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

चेन्नईका लागि शिभम दुवेले २४ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाए । अजिङ्का राहाणेले ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।

रविन्द्र जडेजाले २३ बलमा ४ चौकाको सहयोगमा अविजित ३१ रन बनाए ।  कप्तान ऋतुराज गायकवाडले २१ बलमा २६ तथा ड्यारियल मिचेलले ११ बलमा १३ रन बनाए ।

हैदराबादका लागि टि नटराजन, प्याट कमिस, भुवेनेश्वर कुमार, जयदेव उन्नादकड र शाहबाज अहमदले समान १/१ विकेट लिए ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]