काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) मा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सबाट १ सय ९२ रनको लक्ष्य पाएको छ ।
विशाखापटनममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनायो ।
दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । राम्रो सुरुआत पाएको दिल्लीका लागि यि दुई ओपनरले ९३ रनको साझेदारी गरेका थिए । त्यसपछिका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा दिल्लीले विशाल योगफल बनाउँन सकेन ।
कप्तान रिषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । पन्तको अर्धशतकको सहयोगमा दिल्ली मध्यम योगफलसम्म पुग्यो । मिचेल मार्शले १२ बलमा १८ रन बनाए ।
चेन्नईका लागि मथिशा पथिरानाले ३ तथा मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।
दिल्ली क्यापिटल्सले यस सिजनका आफ्ना दुवै खेलमा हार व्यहोरेर खराब शुरुवात गरेको छ। दिल्लीले पहिलो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो । भने, दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो।
त्यस्तै चेन्नईले भने यस सिजनका शुरुवातका दुवै खल जितेर शानदार शुरुवात गरेको छ। चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो । भने, दोस्रो खेलमा गुजरात टाइटन्सलाई पराजित गरको थियो।