नामिबियालाई हराउँदै अस्ट्रेलिया सुपर एटमा

काठमाडौं । अस्ट्रेलिया वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको २४ औं खेलमा नामिबियालाई पराजित गर्दै सुपर एटमा प्रवेश गरेको छ ।

वेस्ट इन्डिजको एन्टिगुवामा भएको खेलमा अस्ट्रेलिया ९ विकेटको फराकिलो अन्तरले विजयी भयो ।

नामिबियाले दिएको ७३ रनको लक्ष्य अस्ट्रेलियाले ५ दशमलब ४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले १७ बलमा अविजित ३४ तथा डेबिड वार्नरले ८ बलमा २० रन बनाए ।

नामिबियाका लागि डेबिड विजेले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया १७ औं ओभरको अन्तिम बलमा ७२ रन बनाउँदै अल आउट भएको थियो ।

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले ४३ बलमा ३६ तथा ओपनर मिचेल भान लिगेनले १० बलमा १० रन बनाए । नामिबियाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार तथा मार्कस स्टाइनेस र जस हेजलवुडले समान दुई दुई विकेट लिए ।

पहिलो र दोस्रो खेलमा ओमान र इंग्ल्यान्डलाई हराउँदै सुखद सुरुआत गरेको अस्ट्रेलिया नामिबियालाई पराजित गरी सुपर एटमा स्थान पक्का गरेको छ । तीन खेलमा शतप्रतिशत जितका साथ अस्ट्रेलियाले सुपर एटमा स्थान बनाएको हो ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]