युएईसंग पराजित हुँदा नेपाल एसिया कप छनोट हुन असफल

काठमाडौं । नेपाललाई स्तब्ध पार्दै ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको युएई सेमिफाइनल प्रवेश गरेको छ । यो संगै नेपाल एसिया कप २०२५ छनोट हुन असफल भएको छ। प्रतियोगिताको उपाधि जित्ने टोलि एसिया कप छनोट हुनेछ।

ओमानको मस्कटमा भएको खेलमा युएईले नेपाललाई विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य युएईले १७ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

युएईको जितमा अलिसान सरफुले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । बिष्नु सुकुमारनले २८ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए । आसिफ खानले ६ बलमा १ छक्काको सहयोगमा १० रन बनाए ।

नेपालका लागि गुलसन झाले दुई तथा ललितनाराण राजवंशी र सोमपाल कामीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले पनि माथिल्लो क्रमका ब्याटरहरु नचल्दा हार टार्न सकेनन् । गुलसन झाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए ।

ईनिङको पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएर नेपाल संकटमा परेको थियो । अर्का ओपनर आसिफ शेख पनि व्यक्तिगत ८ रन बनाउँदै ओमिद रहमानको बलमा एलबीडब्लु आउट भए । कप्तान रोहितकुमार पौडेलले पनि १८ बलमा ५ रन मात्र बनाउन सके ।

कुशल मल्ल ३, दिपेन्द्रसिंह ऐरी ५ तथा सोमपाल कामी २ रनमा आउट भए ।

युएईका लागि बसिल हमिद र जुनैद सिद्धिकीले समान दुई दुई तथा आयान खान, ओमिद रहमान, अलि नासिर, मुहम्मद फरिकले समान एक एक विकेट लिए ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल शनिबार तेस्रो स्थानका लागि अर्को सेमिफाइनलको पराजित टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आजै हङकङ र ओमानबीच खेल हुदैछ ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]