फाफ,दिनेश र रजतको अर्धशतक सहयोगमा मुम्बईलाई १९७ रनको लक्ष्य

काठमाडौं । कप्तान फाफ डु प्लेसिस,दिनेश कार्तिक र रजत पाटीदारको अर्धशतकको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सलाई १ सय ९७ रनको लक्ष्य दिएको छ ।

मुम्बईको घरेलु मैदान वानंखडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

बेंगलुरुका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले । रजत पाटीदार २६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । तेस्रो विकेटका लागि पाटीदार र फाफले ४७ बलमा ८२ रनको महत्वपुर्ण साझेदारी गरे ।

दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रनको अर्धशतकीय ईनिङ खेले । फाफ र दिनेशले पाँचौ विकेटका लागि २६ बलमा ४५ रनको साझेदारी गरे ।

मुम्बईका लागि जसप्रित बुमराहले पाँच तथा जेरार्ड कोट्जे, आकाश मढवाल र श्रेयश गोपालले समान एक एक विकेट लिए ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]