राजस्थानमाथि गुजरातको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्समाथि गुजरात टाईटन्सले रोमान्चक जित निकालेको छ ।

राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा राजस्थानमाथि गुजरातले ३ विकेटको जित निकाल्यो ।

राजस्थानले दिएको १ सय ९६ रनको लक्ष्य टाईटन्सले निर्धारित २० ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७२ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर साई सुदर्शनले २९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।

राशिद खानले ११ बलमा ४ चौकाको सहयोगमा अविजित २४ रन बनाए । शाहरुख खानले ८ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाए । विजय शंकरले १० बलमा १६ तथा राहुल तिवातियाले ११ बलमा ३ चौकाको सहयोगमा २२ रन बनाए ।

राजस्थानका लागि कुलदिप सेनले तीन तथा युजभेन्द्र चहलले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

राजस्थानका लागि सन्जु सामसन र रियान परागले अर्धशतकीय ईनिङ खेले । रियान परागले ४८ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । कप्तान सामसनले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ६८ रन बनाए । पराग र सामसनले तेस्रो विकेटका लागि ७८ बलमा १ सय ३० रनको शतकीय साझेदारी गरेका थिए ।

शिमरन हेटमायरले ५ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए । ओपनर यसश्वी जैसवालले १९ बलमा ५ चौकाको सहयोगमा २४ रन बनाए । अर्का ओपनर जोस बटलरले १० बलमा ८ रन बनाए ।

गुजरातका लागि उमेश यादव, मोहित शर्मा र राशिद खानले समान एक एक विकेट लिए ।

छ खेलमा तीनमा जीत र तीनमा हार सहित गुजरात छैटौं स्थानमा छ । पाँचौ खेलमा चार जित र एक हारका साथ राजस्थान आठ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]