राजस्थानले गुजरातलाई दियो १९७ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को २४ औ खेलमा राजस्थान रोयल्सले गुजरात टाईटन्सलाई १ सय ९७ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

राजस्थानका लागि सन्जु सामसन र रियान परागले अर्धशतकीय ईनिङ खेले । रियान परागले ४८ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । कप्तान सामसनले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ६८ रन बनाए । पराग र सामसनले तेस्रो विकेटका लागि ७८ बलमा १ सय ३० रनको शतकीय साझेदारी गरेका थिए ।

शिमरन हेटमायरले ५ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए । ओपनर यसश्वी जैसवालले १९ बलमा ५ चौकाको सहयोगमा २४ रन बनाए । अर्का ओपनर जोस बटलरले १० बलमा ८ रन बनाए ।

गुजरातका लागि उमेश यादव, मोहित शर्मा र राशिद खानले समान एक एक विकेट लिए ।

जारी आइपीएलमा एक मात्र अपराजित टोली राजस्थानले चार खेल खेल्दै चारमा नै जित हात पारेको छ । राजस्थानले पहिलो खेलमा लखनाउ सुपर जायन्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो ।

तेस्रो खेलमा मुम्बई इन्डियन्स तथा चौथो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको थियो ।

उता, गुजरात टाईटन्स पाँच खेलमा दुई जित र तीन हारका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको गुजरात दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

गुजरातले तेस्रो खेलमा सनराईजर्स हैदराबादलाई हराएको थियो । गुजरात चौथो र पाँचौं खेलमा क्रमशः पन्जाब किंग्स र लखनाउ सुपर जायन्ट्ससँग पराजित भएको थियो ।

आइपीएल ईतिहासमा हालसम्म यि दुई टोलीबीच पाँच खेल भएकामा गुजरात चार खेलमा विजयी हुँदा एक खेल राजस्थानले जितेको छ ।

यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।

 





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]