रेड्डीको अर्धशतकको सहयोगमा पन्जाबलाई १८३ रनको लक्ष्य

काठमाडौं । नितिशकुमार रेड्डीको अर्धशतकको सहयोगमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ ।

पन्जाबको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रन बनायो ।

हैदराबादका लागि रेड्डिले ३७ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । अब्दुल समादले १२ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए । छैटौं विकेटका लागि रेड्डि र समादले २० बलमा ५० रनको साझेदारी गरेका थिए ।

ओपनर ट्राभिस हेडले १५ बलमा ४ चौकाको सहयोगमा २१ रन बनाए । शाहबाज अहमदले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १४ रन बनाए । अभिषेक शर्माले १६ तथा राहुल त्रिपाटीले ११ रन बनाए ।

पन्जाबका लागि अर्शदिप सिंहले चार तथा हर्षल पटेल र साम करनले समान दुई दुई तथा कागिसो रबाडाले एक विकेट लिए ।

जारी सिजनको आइपिएलमा हैदराबादले ४ खेल खेलेकोमा २ मा जित र २ मा हार व्यहोरेरे अंक तालिकाको पाँचौ स्थानमा छ । पहिलो खेलमा कोलकाता नाईट राईडर्ससँग पराजित हैदराबादले दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।

तेस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित हैदराबादले चौथो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।

उता,पन्जाब किंग्सले पनि ४ खेलमा २ जित र २ हार व्यहोरेको छ ।

पञ्जाव किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र तेस्रो खेलमा लखनाउ सुपर जाइन्ट्ससँग पराजित भएको थियो ।

चौथो खेलमा गुजरात टाईटन्सलाई पराजित गरेको थियो । आइपीएल ईतिहासमा यि दुई टोली हालसम्म २१ पटक खेलेका छन् । १४ खेलमा हैदराबाद विजयी हुँदा ७ खेलमा पन्जाब विजयी भएको छ ।

चार खेलमा अपराजित राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा छ । यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]