रोहितको शतकका बाबजुद चेन्नईको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

मुम्बईको घरेलु मैदान वानंखडेमा चेन्नईले २० रनको जित हात पारेको हो ।

चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि ओपनर रोहित शर्माले ६३ बलमा ११ चौका र ५ छक्काको सहयोगमा अविजित १ सय ५ रनको शतकीय ईनिङ खेले पनि अज्य खेलाडीको बलियो साथ पाउँन नसक्दा टोलीलाई जितसम्म पुर्याउन सकेनन् । तिलक बर्माले २० बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाए ।

अर्का ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । पहिलो विकेटका लागि शर्मा र किशनले ४३ बलमा ७० रनको साझेदारी गरे ।

चेन्नईका लागि मधिशा मधिरानाले चार तथा मुस्ताफिजुर रहमान र तुसार देशपान्डेले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

चेन्नईका लागि ऋतुराज गायकवाड तथा शिभम दुवेले अर्धशतक बनाए । दुवेले ३८ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६६ रन बनाए । कप्तान गायकवाडले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६९ रन बनाए ।

दुवे र गायकवाडले तेस्रो विकेटका लागि ४५ बलमा ९० रनको महत्वपुर्ण साझेदारी गरे । ओपनर रचिन रविन्द्रले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । अर्का ओपनर अजिंका रहाणेले ५ रन मात्र बनाउन सके । ड्यारियल मिचेलले १४ बलमा १७ रन बनाए ।

महेन्द्रसिंह धोनी २० रनमा अविजित रहे ।

मुम्बईका लागि हार्दिक पान्ड्याले दुइ तथा जेरार्ड कोट्जे र श्रेयस गोपालले समान एक एक विकेट लिए ।

छैटौं खेलमा चौथो जितका साथ चेन्नई तेस्रो स्थानमा कायमै रहेको छ । छैटौं खेलमा चौथो हार व्यहोरेको मुम्बई पुछारबाट तेस्रो स्थानमा छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]