लखनाउले कोलकातालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २८ औं खेलमा लखनाउ सुपर जाईन्ट्सले कोलकाता नाईटराईडर्सलाई जितको लागि १ सय ६२ रनको लक्ष्य दिएको छ ।

कोलकाताको घरेलु मैदान इडन गार्डेन क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

लखनाउका लागि निकोलस पुरनले ३२ बलमा २ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए । कप्तान केएल राहुलले २७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए ।

आयुष बदोनीले २७ बलमा २९ तथा ओपनर क्विटन डि कक र मार्कस स्टोइनसले समान दश दश रन बनाए ।

कोलकाताका लागि मिचेल स्टार्कले तीन तथा वैभव अरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]