हार्दिकको कप्तानीमा मुम्बईको पहिलो जित

काठमाडौं । हार्दिक पान्ड्याको कप्तानीमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।

१७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा दिल्लीलाई रनले पराजित गर्यो ।

मुम्बईको घरेलु मैदान वानंखडेमा मा २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन मात्र बनायो ।

दिल्लीका लागि ट्रिस्टन स्टब्स र पृथ्वी शाले अर्धशतक बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो ।

जितपछि मुम्बई अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली भने अंक तालिकाको पुछारमा छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]