आयरल्यान्डलाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा अमेरिका

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ३० औं खेलमा शुक्रवार अमेरिका र आयरल्यान्डबीच भिड्दै छन् ।

अमेरिकाको फ्लोरिडामा रहेको सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका सवा आठबाट सुरु हुनेछ।

मोनाङ्क पटेलको कप्तानीमा रहेको अमेरिकाले शुक्रवारको खेलमा जित निकाल्दै सुपर आठ मा पुग्न चाहन्छ । पहिलो खेलमा क्यानडा तथा दोस्रो खेलमा पाकिस्तानलाई हराएको अमेरिका यस खेल जितेर सुपर आठमा स्थान पक्का गर्न चाहन्छ । सुरुआती दुवै खेलमा पराजित आयरल्यान्ड यस खेलमा जितका साथ सुपर आठको सम्भावना कायम राख्न चाहन्छ ।

यस समूहबाट भारतले सुपर आठमा स्थान बनाईसकेको छ । अकों स्थानको लागि अमेरिका, पाकिस्तान, आयरल्यान्ड र क्यानडा प्रतिस्पर्धामा छन् । अमेरिका आयरल्यान्डविरुद्ध विजयी भएमा वा अंक बाडेमा सुपर आठमा प्रवेश गर्ने छ ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]