केन्यासंग खेल्ने प्रारम्भिक नेपाली टिम घोषणा : हेर्नुस को-को परे टिममा

  • विकेटनेपाल, माघ २७ काठमाडौँ 

केन्यासंग फाल्गुनमा नेपालमा खेलिने बिश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि प्रारम्भिक २४ सदस्यीय नेपाली टिमको घोषणा भएको छ l

१९-२४ जनवरीमा टियु मैदानमा सम्पन्न सुपर लिगको आधारमा टिम छनौट गरिएको बताईएको छ l टिमको छनौट आइसीसी प्रतिनिधि भेन्कटपति राजु, प्रशिक्षक जगत टमाटा र पारस खड्काले गरेका हुन् l

२४ सदस्यीय टिममा युवा खेलाडीहरु आसिफ शेख, अमित श्रेष्ठ, दिलिप नाथ, कुशल भुर्तेल, दिपेश श्रेष्ठ र सुशन भारीलाई समाबेश गरिएको छ l सुबास खकुरेल, अनिल मण्डल, नरेश बुढायर, पृथु बास्कोटा, सोनु तामांग, सुशील कंडेल जस्ता खेलाडीहरु अन्तिम २४ मा अटाएनन् l

सुपर लिगको लागि ५२ जना खेलाडीहरु सम्मेलित प्रारम्भिक छनौट गरेपछि दोश्रो चरणमा ३२ जना खेलाडीहरु राखेर प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षणमा हाई पर्फर्मेन्स क्याम्प राखिएको थियो l उक्त क्याम्पमा सिद्धान्त लोहनी, राजु रिजाल, जितेन्द्र मुखिया जस्ता खेलाडीहरु छनौट भएका थिएनन् l

प्रारम्भिक २४ जनामा विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेलले स्थान बनाउन सकेनन् l सुबास टिममा नपरेपछि नेपाली टिमको विकेटकिपर बिनोद भण्डारीले गर्ने सम्भावना बढेको छ l बिनोद सुपर लिग र त्यसपछि व्हाटमोरसंगको हाई पर्फर्मेन्स क्याम्पमा विकेट किपिंग गरेका थिए l

नेदरल्याण्ड टुरमा अन्तिम १५ मा नाम लेखाएका सुनिल धमलाले पनि टिममा स्थान बनाएका छन् l सुबास खकुरेलको अनुपस्थितिमा धमलालाई पनि नेपालको ओपनिंग ब्याट्सम्यानको दाबेदार मानिएको छ l

नेपाल पुलिस क्लब तथा सगरमाथा लेजेंड्सको लागि ईपीएल खेलेका देब्रे हात विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले पनि प्रारम्भिक २४ मा नाम लेखाएका छन् l उनले हाल सम्म कुनै पनि रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका छैनन् l

Dilip Nath
दिलिप नाथ

एभेरेस्ट प्रिमियर लीगको फाइनलमा उत्कृस्ट शतक प्रहार गरेका ओपनिंग ब्याटिंग गर्ने आसिफ शेखले पनि टिममा स्थान बनाएका छन् l उनले यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि पनि श्रीलंकामा एसिया कप खेलीसकेका छन् भने उनले यु-१६ रास्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् l

नेपाल पुलिस क्लब तथा ईपीएलमा जगदम्बाको लागि खेलेका दायाँ हाते अमित श्रेष्ठलाई पनि प्रारम्भिक २४ मा स्थान बनाएका छन् l नेपाली यु-१९ टिमबाट खेलीसकेका अमित उही खेलाडी हुन् जसले सिनियर रास्ट्रिय क्रिकेटमा लगातार दुई वटा शतक प्रहार गरेर रेकर्ड बनाएका थिए l

यस्तै नामिबियासंग अन्तिम १५ मा स्थान बनाउन सफल बायाँ हाते स्पिनर सुशन भारि पुनः टिममा अटाएका छन् l सुसन संगै अर्का देब्रे हात स्पिनर भुवन कार्की टिममा छन् l

सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि अल-राउण्डर मेहबुब आलमले पनि प्रारम्भिक २४ मा परेका छन् l राजेश पुलामी प्रारम्भिक २४ मा अटाएका छन् l

घाइते भएका कारण सुपर लिग खेल्न नपाएका करन केसीले अन्तिम २४ मा कमब्याक गरेका छन् l यु-१९ रास्ट्रिय क्रिकेट टिमका खेलाडी तिब्र गति बलर दिपेश श्रेष्ठ पनि २४ मा अटाएका छन् l यु-१९ रास्ट्रिय क्रिकेटर तथा नेपाल पुलिस क्लबका तिब्र गति बलिंग अल-राउण्डर कुशल भुर्तेल पनि टिममा छन् l

नेपाली टिम : 

१. पारस खड्का
२. ज्ञानेन्द्र मल्ल
३. आसिफ शेख
४. अमित श्रेष्ठ
५. सुशन भारी
६. दिलिप नाथ
७. मेहबुब आलम
८. करन केसी
९. आरिफ शेख
१०. सागर पुन
११. भुवन कार्की
१२. शरद भेसावकर
१३. कुशल भुर्तेल
१४. बिक्रम सोब
१५. शक्ति गौचन
१६. अविनाश कर्ण
१७. सोमपाल कामि
१८. सुनिल धमला
१९. दिपेन्द्र ऐरी
२०. बसन्त रेग्मी
२१. दिपेश श्रेष्ठ
२२. राजेश पुलामी मगर
२३. बिनोद भण्डारी
२४. सन्दिप लामिछाने

नेपाली टिमले सोमबार देखि दोश्रो चरणको बन्द सुरु गर्नेछ l टोलि अभ्यास खेल खेल्न फेब्रुअरी अन्तिममा साता भारत भ्रमणमा जाने बताईएको छ l

यो पनि पढ्नुस : 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy