बिराट कोहली फ्यान क्लब नेपाल गठन, कोहलीको सफलतामा काटियो केक

  • विकेटनेपाल, भदौ १४

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार आफुलाई महान क्रिकेटरको रुपमा प्रमाणित गर्दै आएका बिराट कोहलीका फ्यानहरु पनि दिनानुदिन बढीरहेका छन् l

भारतीय क्रिकेट टिमको कप्तान आफ्नो ब्याटिंग शैलीको कारण मात्रै हैन आफ्नो कडा स्वभाव, रेकर्ड र अभिनेत्री अनुस्का शर्मासंगको सम्बन्धको कारणले बारम्बार चर्चामा आउने गर्छन l यी सबै कुराले बिश्वभर करोडौं फ्यान कमाएका कोहलीको फ्यानहरु नेपालमा समेत ठुलो संख्यामा रहेको छ l

नेपालमा रहेका कोहलीका फ्यानहरु मध्ये बिराटनगरका फ्यानहरु भने अरु भन्दा अघिनै देखिएका छन् l

हजुर, बिराटनगरमा रहेका कोहलीका समर्थकहरुले मंगलबार अन्तर्राष्ट्रिय बिराट कोहली फ्यान क्लबनै गठन गरेका छन् l सन्नी सिंहको अध्यक्षतामा गठित कमिटिमा शिखा श्रेष्ठ र आयुष रौनियार उपाध्यक्ष रहेका छन् l

अन्तर्राष्ट्रिय बिराट कोहली फ्यान क्लबको साखाको रुपमा क्लब गठन गरिएको हो जसको नेपाल संयोजक रोनक अग्रवाल रहेका छन् l

क्लब गठन गर्न बिराटनगरमा रहेका कोहली फ्यानहरुले कार्यक्रमनै आयोजना गरेका थिए l कार्यक्रममा कोहलीका पुरुष मात्रै हैन महिला समर्थकहरुको समेत उतिकै सहभागिता देखिन्थ्यो l

संयोजक अग्रवालले कोहलीको समर्थन मात्रै हैन स्थानीय तहको क्रिकेट विकास तथा महिला क्रिकेटको विकास समेत गर्ने उद्देश्य लिएको बताएका छन् l

भारतीय क्रिकेट टिमको लागि खेल्न ९ बर्ष यसै महिना पुरा गरेका कोहलीको सफलतामा क्लबले केक काटेर खुसियाली समेत मनाईसकेको छ l क्लब महिला क्रिकेट प्रबर्द्धन गर्न क्लबले महिला क्रिकेटरहरुसंग मैत्रीपूर्ण क्रिकेट समेत खेलीसकेको छ l

 

( फोटोहरु : अन्तर्राष्ट्रिय बिराट कोहली फ्यान क्लब फेसबुक )

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]