शरदको शतक, ऐरीको बिस्फोटमा नेपालको बिशाल स्कोर

sandeep lamichhane shane warne
  • विकेटनेपाल, असोज ७ 

भारतको चेन्नाई भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा नेपालले तमिलनाडु ‘ए’ संग टस जितेर ब्याटिंग गर्दै ३११ रनको बिशाल स्कोर खडा गरेको छ । निर्धारित ५० ओभरको खेलमा नेपालले ५ विकेट मात्रै गुमाई तमिलनाडुलाई ३१२ रनको लक्ष दियो ।

नेपालको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका शरद भेसावकरले शतक प्रहार गर्नेक्रममा ११७ बलको सामना गर्दै ११ चौका प्रहार गरेका थिए ।शतक प्रहार गरेलगत्तै उनि आकाशको बलमा लंग अफमा क्याच आउट भएका थिए ।

चौथो नम्बरमा ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरीले विस्फोटक इनिंग खेलेपछि नेपालले अन्तिमको ओभरहरुमा धेरै रन बटुल्न सक्यो । ऐरीले मात्र ३७ बलको इनिंगमा ४ छक्का र ८ चौका प्रहार गर्दै ७३ रनको इनिंग खेलेका थिए ।

यस अघि टस जितेर मुरुगुप्प्पा मैदान ब्याटिंग गरेको नेपालको लागि ओपनर सागर पुन र ज्ञानेन्द्र मल्लले ४६ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३१ रन बनाएरआउट भएका थिए । सागर ७७ रन बनाउदै ३९ औं ओभरमा आउट भए l ९९ बलको सामना गरेका सागरले १ छक्का र ५ चौका प्रहार गरेका थिए l

खेलको अपडेट यो लिंकमा 

नेपालले चेन्नाई भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै पहिलो अभ्यास खेलमा मंगलबार डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो।

भ्रमण अन्तर्गत नेपालले चौथो तथा अन्तिम अभ्यास खेल २५ तारिक सोमबार खेल्नेछ जसपछि सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

अक्टोबर १३ र १५ तारिकमा हंगकंगमा हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको लागि टिमले भारत भ्रमण गरेको हो ।

( फिचर फोटो – फाइल )





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]