पाकिस्तान सुपर लिग ड्राफ्टमा सन्दिप लामिछाने

Sandeep Lamichhane
  • विकेटनेपाल, कार्तिक २४ 

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने फेब्रुअरीमा आयोजना हुने पाकिस्तान सुपर लिगको तेश्रो सिजन २०१७ को ड्राफ्टमा परेका छन्  ।

यस अघि सन्दिप सेप्टेम्बरमा बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा समेत रहेका थिए जुन बेला लिगको लागि छनौट भने हुन सकेका थिएनन् ।

पाकिस्तान क्रिकेट बोर्डले आज आफ्नो वेबसाइट मार्फत सार्बजनिक गरेको ड्राफ्ट खेलाडी लिस्टमा सन्दिपको नाम सिल्भर क्याटागरिमा रहेको छ। ड्राफ्टमा  रहेका कुल ५०१ जना खेलाडीलाई प्लाटिनम, डायमण्ड, गोल्ड, सिल्भर र इमर्जिंग गरि ५ वटा क्याटागरिमा बिभाजन गरिएको छ ।

बोर्डका अनुसार नोभेम्बर १२ तारिक आइतबार ड्राफ्टबाट खेलाडी चुनिनेछ।

पाकिस्तान सुपर लिगमा कुल ६ टिम रहेका छन् जसले कम्तिमा १६ जना खेलाडी आफ्नो टिममा चुन्न पाउनेछ भने अधिकतम २० जनाको टिम बनाउन पाउने ब्यबस्था रहेको छ।

सबै ६ वटा टिमले यस अघिनै ९ जना खेलाडी टिममा निश्चित गरिसकेका छन् भने अब कम्तिमा ७ जना खेलाडीहरु ड्राफ्टबाट चुन्नुपर्नेछ।

ड्राफ्टमा रहेका खेलाडीहरु मध्येबाट डायमण्ड,प्लाटिनम, गोल्ड क्यटागरिबाट १/१ जना खेलाडी तथा सिल्भर र इमर्जिंग क्याटागरिबाट २/२ जना खेलाडीहरु चुन्नै पर्नेछ । खेलाडीहरु किन्न एउटा टिमले १.२ मिलियन डलर खर्च गर्न पाउनेछ। यदी १६ जना खेलाडीहरु पुरा गरिसके पछि पनि पैसा बाँकी भए टिमले अधिकतम २० जनाको टिम पुरा गर्न अन्य खेलाडीहरु पनि क्यटागरिबाट लिन पाउनेछ।

सन्दिप रहेको सिल्भर क्याटागरि बिभिन्न देशका गरि २९८ जना खेलाडीहरु रहेका छन्।प्लाटिनममा २१ जना, डायमण्डमा २२ जना, गोल्डमा ७९ जना खेलाडी रहेका छन् भने इमर्जिंगमा ९३ जना खेलाडी रहेका छन् ।

प्लाटिनम खेलाडीहरुको मूल्य १ लाख ४० हजार डलर देखि २ लाख डलर तोकिएको छ यस्तै डायमण्ड क्याटागरिमा खेलाडीले ७० हजार डलर पाउनेछ भने गोल्ड क्याटागरिको खेलाडीले ५० हजार डलर पाउनेछ।

सन्दिप रहेको सिल्भर क्याटागरिको खेलाडीले निम्नतम २२ हजार डलर मूल्य राखिएको छ । यो क्याटागरिबाट कम्तिमा १२ जना खेलाडीहरु छनौट हुनेछ ।

नेपाली शेन वार्नसंगै यो लिस्टमा बिभिन्न अन्तर्राष्ट्रिय क्रिकेटरहरु जस्तै बंगलादेशका सौम्य सरकार, नासिर हुसेन, वेस्ट इन्डिजका शिभनारायण चन्द्रपउल,  रभी रामपाल, दिनेश राम्दीन, सुलेमान बेन, श्रीलंकाका दिल्सान मुनविरा, डासून शनाका, लहिरु थिरमाने, सचित्रा सेनानायके जस्ता खेलाडीहरु लिस्टमा रहेका छन्।

पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाड़ीएटर्स, इस्लामावाद युनाइटेड, लाहोर कलन्दर , कराची किंग्स, पेशेवार जाल्मी , मुल्तान सुल्तान गरि ६ वटा टिम रहेका छन् ।

sandeep lamichhane
सन्दिप लामिछाने

नेपाली रास्ट्रिय क्रिकेट टिमका खेलाडी समेत रहेका लेग स्पिनर सन्दिपले आफ्नो खेल मार्फत २०१६ यु-१९ बिश्वकपमा बिश्वकप ध्यान आकर्षण गरेका थिए । त्यो प्रतियोगितामा उनले आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए भए प्रतियोगिताकै धेरै विकेट लिने सुचीमा दोश्रो स्थानमा थिए ।

नेपाली रास्ट्रिय क्रिकेट टिमबाट लगातार खेलीरहेका सन्दिपले २०१६ मै हंगकंगको घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीटज खेलीसकेका थिए जहाँ उनले स्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए । त्यस प्रतियोगिता पछि क्लार्ककै निम्तोमा सन्दिपले अस्ट्रेलियामा क्रिकेट खेल्ने र सिक्ने मौका पाएका थिए ।

यसै बर्ष सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौटमा कुल २४ विकेट लिएका सन्दिप नेपालको लागि एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै विकेट लिने खेलाडी समेत हुन् ।

यसै बर्ष फेब्रुअरीमा बिश्व प्रसिद्ध  बेलायती क्रिकेट म्यागजिन ‘अलआउट क्रिकेट’ ले जारि गरेको बिश्व क्रिकेटमा प्रभाब बनाएका र बनाउन सक्ने खेलाडीको सुचीमा समेत सन्दिप रहेका थिए ।

यो पनि पढ्नुस :- 

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]