‘रेलमा गए, प्लेनमा फर्किनुपर्छ’ भन्दै पारसद्वारा बिश्वकप खेल्ने नेत्रहीन टिमलाई ५० हजार सहयोग घोषणा

Paras Khadka
  • विकेटनेपाल, पौष १९ – बुधबार 

बजेट अभावका कारण ४ दिन रेल यात्रा गर्दै बिश्वकप खेल्न पाकिस्तान जान बाध्य नेपाली नेत्रहीन क्रिकेट टिमलाई रास्ट्रिय टिमका कप्तान पारस खड्काले व्यक्तिगत ५० हजार रुपैयाँ सहयोग घोषणा गरेका छन्।

पाकिस्तान र युएईमा आयोजना हुने पाँचौ नेत्रहीन एकदिवसीय बिश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपाल नेत्रहीन क्रिकेट टिम मंगलबार रेल मार्फत पाकिस्तान प्रस्थान गरेको थियो। जनवरी ८ तारिक ( पौष २४ ) गते देखि सुरुहुने प्रतियोगितामा नेपालले पहिलो दिन बंगलादेशसंग खेल्दैछ। बाटोमा अबरोध नभए पहिलो खेल सुरु हुनु २ दिन अघि नेपाली टिम पाकिस्तान पुग्नेछ।

बिश्वकप जस्तो ठुलो प्रतियोगिता खेल्न जाने टिम रेल मार्ग हुँदै ४ दिने कस्टकर यात्रा गर्न बाध्य भएको खबर पछि क्रिकेट फ्यानहरुको संस्था नेपाली क्रिकेट समर्थक समाजले आर्थिक संकलन अभियाननै चलाएको छ जसलाई समर्थन गर्दै कप्तान पारसले ५० हजार रुपैयाँ व्यक्तिगत रुपमै दिने घोषणा गरेका हुन्।

रकम घोषणा पछि विकेटनेपालसंग कुरा गर्दै समाचारले आफुलाई दुखित बनाएको र रेलमा चढेर गए पनि प्लेन चढेर घर फर्काउनुपर्ने बताएका छन्-

“बिश्वकप खेल्ने टिमले रेल चढेर जानुपरेको थाहा पाउँदा निकै दुख लागेको छ। उनीहरुलाई प्लेनमा घर फर्काउनुपर्छ र सम्मानित गर्नुपर्छ”

पारसले सम्बन्धित निकायले पनि चाडैनै यसको लागि पहल गर्ने कुरामा बिश्वास ब्यक्त गरेका छन्। अर्का पुर्व रास्ट्रिय क्रिकेटर पारस लुनियाले पनि नेत्रहीन टिमलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

मंगलबार पाकिस्तान प्रस्थान गर्नु अघि नेपाली टिम

बिश्वकप खेल्न जाँदा समेत राज्य तथा अन्य निकायले प्लेन टिकट समेत ब्यबस्था गर्न नसकेको र रास्ट्रको गहनाप्रतिको बेवास्ताको बिरोध गर्दै बिश्वकप पछि खेलाडीहरुलाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग संकलन अभियान चलाएको समाजका अध्यक्ष भानु सिग्देलले बताएका छन्-

“बिश्वकप खेल्न जाँदा समेत राज्य र अन्य निकायले टिकट सम्म ब्यवस्था गर्न नसकेको थाह पाउँदा निकै दुख लाग्यो। रास्ट्रका गहना प्रती यो स्तरको बेवास्ता असैह्य छ त्यसैले तत्कालै आवस्यक सहयोग गर्न नसके पनि कम्तिमा बिश्वकप पछि भएपनि नेत्रहिन खेलाडीहरुलाई सहयोग होस् भन्ने उद्देश्यले आर्थिक सहयोग सङ्कलन अभियान चलाउन जरुरी छ भन्ने लाग्यो”

अध्यक्ष भानु सिग्देल

अभियानलाई सबैतर्फबाट सहयोग आएको कारणले उत्साह सिग्देलले ब्यक्त गरेका छन्। १५ दिनसम्म चल्ने अभियानलाई सुरुवातमै कप्तान पारस खड्काले ५० हजार रुपैयाँ तथा अर्का पुर्व रास्ट्रिय क्रिकेटर पारस लुनियाले पनि ५० हजार रुपैयाँ सहयोग घोषणा गरिसकेको र अन्य ब्यक्ति तथा संस्थाहरुले समेत सहयोग घोषणा गरिसकेको सिग्देल बताउछन्-

“हालसम्म करिब १ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता भइसकेको छ, कप्तान पारस एक्लैले ५० हजार दिने घोषणा गर्नु भएको छ”

क्रिकेट संघका पुर्व सदस्य सन्जिब पाण्डेले १० हजार, रास्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान लेख बहादुर क्षेत्रीले १ हजार, नुवाकोट क्रिकेट संघ अध्यक्ष दुर्गा पाठकले ५ हजार तथा युनिभर्सिटी क्रिकेट क्लबले ५ हजार रुपैयाँ सहयोग घोषणा गरिसकेका छन् भने जिल्ला खेलकुद समितिले पनि सहयोग गर्न प्रतिबद्धता ब्यक्त गरिसकेको उनले विकेटनेपाललाई जानकारी गराए।

समाजले कम्तिमा रु. २ लाख सहयोग उठाउने लक्ष लिएको र उठेको पैसा नेत्रहिन क्रिकेटसंघको अध्यक्ष पवन घिमिरेलाई बिश्वकप पछि प्रदान गर्ने बताएको छ। अभियानलाई सहयोग गर्न नेपाली क्रिकेट समर्थक समाजको बैंक खाता तथा इसेवा र आईएमई मार्फत रकम जम्मा गर्न अध्यक्ष सिग्देलले अपिल समेत गरेका छन्।

बैंकमा जम्म गर्न – 

नेपाली क्रिकेट समर्थक समाज
Nepali Cricket Supporters Society
0801010001587
Global IME Bank
Basundhara, Kathmandu

सम्पर्क नम्बर – भानु सिग्देल ( 9851148528  ) , प्रमोद बज्राचार्य ( 9841163260 )

सम्बन्धित समाचार 

 





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]