पाकिस्तान नेपालभन्दा निकै बलियो साबित

  • विकेटनेपाल, २५ पौष- मंगलबार 

पाँचौ नेत्रहीन एकदिवसीय बिश्वकप प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसंग ९ विकेटले पराजित भएको छ। स्कोरकार्ड 

पाकिस्तानको गुज्रनवाला स्थित जिन्नाह स्टेडियममा पहिले टस जितेर नेपालले ब्याटिंग गर्दै तयार पारेको २५८ रनको योगफल पछ्याएको पाकिस्तानले १९.१ ओभरमै लक्ष पछ्याएको हो।

पहिलो इनिंगमा नेपालले निर्धारित ४० ओभरको खेलमा ५ विकेट गुमाएर २५८ रन बनाएको थियो। नेपालको लागि ओपनिंग ब्याटिंग गरेका रमेश बहादुरले सर्बाधिक ५९ रन, पदम बडेलले ५० रन तथा बद्रि चौलागाईंले ४७ रनको योगदान दिएका थिए। यस्तै खिमानन्द गैरेले अविजित ३० रन योगदान दिए।

बद्रि चौलागाईंले ४७ रनको योगदान दिए

लक्ष पछ्याउने क्रममा पाकिस्तान ओपनर बदर मुनिरले १२६ रनको बिशाल इनिंग खेल्दै सहज जितमा महत्वपूर्ण योगदान दिए। मात्र ५७ बल खेलेका उनले २६ चौका प्रहार गरेपछि रिटायर्ड आउट भएका थिए। उनले अर्का ओपनर मोहसिन खानसंग पहिलो विकेटको लागि १७७ रनको बिशाल साझेदारी गरे। मोहसिन ७४ रनमा तथा अमिर अश्फाक ४६ रनमा अविजित रहँदै टिमलाई जितसम्म पुर्याए।

खेलको म्यान अफ द म्याच बदर मुनिर चुनिए।

पाकिस्तानको प्रतियोगितामा यो लगातार दोश्रो जित हो। पहिलो खेलमा उसले बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो। त्यस खेलमा पनि बदर मुनिर एक्लैले १४५ रन बनाउदै खेलको म्यान अफ द म्याच चुनिएका थिए।

नेपालले दोश्रो खेलमा १० जनवरीमा बंगलादेशसंग इकबाल स्टेडियममा खेल्नेछ। तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा युएईको अज्मान ओभल मैदानमा, चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।

सहभागी ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ।

( फोटो – अनिल मल्ल )





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]