यसरी छनौट हुनसक्छ नेपाल २०१९ को बिश्वकप, कति छ सम्भावना ?

nepal world cup
  • विकेटनेपाल, ३ माघ – बुधबार 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले २०१९ आईसीसी एकदिवसीय बिश्व कप छनौटको खेल तालिका सार्वजनिक गरेको छ।

जिम्बाबेमा आयोजना हुने प्रतियोगिता ६ मार्चमा सुरु भइ २५ मार्चमा सकिनेछ। बिश्व कप २०१९ इंग्ल्याण्डले आयोजना गर्नेछ जसमा मात्र १० टिम सहभागी हुनेछन्।

सहभागी टिमहरु :- वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान,  आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग  २ टिम ( डिभिजन-२ मा उत्कृस्ट हुने २ टिम )

सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ (  समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

समुह ‘ए’  वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र डिभिजन-२ बिजेता
समुह ‘बि’ अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग र डिभिजन-२ उपविजेता

सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृस्ट ७ टिम स्वतः छनौट हुने आईसीसीको ब्यबस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनौट भइसकेका छन्।

( ग्राफिक्स – अफगानिस्तान क्रिकेट )

वरियतामा उत्कृस्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेस्ट रास्ट्रले पनि बिश्वकप छनौट खेल्दैछन्। त्यसबाहेक नयाँ टेस्ट रास्ट्र अफगानिस्तान, आयरल्याण्ड लगायत बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृस्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी बिश्व कप छनौट खेल्नेछन्।

बिश्व कप छनौट खेल्ने ८ टिम तय भैसकेको छ भने बाँकी २ टिमको निर्क्योल नेपाल लगायत ६ रास्ट्र सहभागी हुने आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ बाट हुनेछ। आईसीसीले जारि गरेको प्रेस बक्तव्यमा बिश्वकप छनौट प्रतियोगितामा उत्कृस्ट ३ हुने एसोसिएट सदस्यले सन् २०२२ सम्मको लागि एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ। 

के छ नेपालको सम्भावना ? 

नेपाल २०१५-१७ मा संचालित बिश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन-२ मा केन्या, युएई र नामिबियासंगै घटुवा भएको टिम हो। च्याम्पियनसिप तालिकामा नेपाल सातौं स्थानमा रहेको थियो भने केन्या पाँचौ, युएई छैठौं र नामिबिया आठौं स्थानमा रहेको थियो। क्यानडा र ओमान डिभिजन-३ बाट उक्लंदै डिभिजन-२ मा आएको हो।

फेब्रुअरी ८ देखि १५ सम्म आयोजना हुने डिभिजन-२ मा नेपाल सहित नामिबिया, क्यानडा, ओमान, युएई र केन्या सहभागी हुँदैछन्।डिभिजन-२ मा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसको आधारमा अंक तालिकामा उत्कृस्ट २ हुने टिमले २०१९ एकदिवसीय बिश्वकप छनौट खेल्न पाउनेछ।

बिश्वकप २०१९ र छनौट प्रतियोगिता खेल्न भन्दा पनि नेपाललाई त्यसअघि डिभिजन-२ मै उत्कृस्ट-२ हुनु चुनौतीपूर्ण रहेको छ। नेपाल डिभिजन-२ बाट उक्लिएपनि बिश्व कप छनौटको उत्कृस्ट-२ भित्र पर्न चमत्कारनै गर्नुपर्नेछ। किनकि बिश्व कप छनौट खेल्ने टिमहरु वेस्ट इन्डिज, जिम्बाबे, आयरल्याण्ड, अफगानिस्तान जस्ता टिमहरु नेपालको स्तर भन्दा निकै माथिका टिम हुन्।

डिभिजन-२ बाट माथि उक्लियो भने बिश्वकप छनौट प्रतियोगितामा नेपालको लक्ष उत्कृस्ट ३ एसोसीएट रास्ट्र हुँदै एकदिवसीय रास्ट्रको मान्यता पाउनु पनि हुनेछ। अफगानिस्तान र आयरल्याण्डले टेस्ट रास्ट्रको मान्यता पाइसकेको अवस्थामा बिश्वकप छनौटको उत्कृस्ट ३ एसोसीएट रास्ट्र भित्र पर्नु निकै ठुलो चुनौती पनि हैन।

बिश्वकप छनौटसम्म नेपाल यदी पुग्न सक्ने हो भने नेपालको सुपर सिक्स चरणसम्म छनौट हुने सम्भावना पनि रहन्छ। आईसीसीले आयोजना गर्ने छनौट प्रतियोगितामा उथलपुथल पूर्ण नतिजा नयाँ कुरा हैन जहाँ कुन टिमले कतिबेला जित्छ र अंकतालिकाको रुप कतिबेला परिवर्तन हुन्छ आंकलन गर्न सकिंदैन।

बिश्व क्रिकेट लिग च्याम्पियनसिपको पछिल्लो केहि खेल हेर्ने हो भने पनि नेपाल युएई र हंगकंग जस्तो टिमसंग पराजित भएको थियो।अर्कोतर्फ नेपालको डिभिजन-२ को लागि तयारी पनि राम्रो हुन सकेको छैन। डिभिजन-२ अघि दक्षिण अफ्रीका अभ्यासको लागि जाने चाहना पनि नेपालको पुरा हुन पाएन र नामिबिया जानु अघि युएईको स्थानीय टिमसंग नेपालले ३ वटा अभ्यास खेल खेल्नेछ।

बिश्वकप २०१९ खेल्न भन्दा पनि नेपाललाई डिभिजन-२ मै उत्कृस्ट २ हुनु चुनौतीपूर्ण

बिदेशी प्रशिक्षकको रुपमा पनि नेपालले चाहेको मोन्टि देसाई नेपाल छोटो समयको लागि आउन नमान्दा भारतको रणजी स्तरका प्रशिक्षक सुलक्षण कुलकर्नी नेपाल आउने भएका छन्। यो भन्दा अघि नेपाल नआएका र नेपाली क्रिकेटको बारेमा थाहा नभएका प्रशिक्षकलाई खेलाडीहरुको बारेमा बुझ्ननै समय लाग्नेछ जसकारण छोटो समयको लागि आउने प्रशिक्षक प्रभावकारी हुने कुरामा संका गर्न सकिन्छ।

सम्भावनाको हिसाबले हेर्ने हो भने नेपाली क्रिकेट टिमले बिगतमा आफ्नो प्रदर्शनले चमत्कारिक नतिजा हात पार्न सक्ने टिमको रुपमा आफुलाई प्रमाणित गर्न चुकेको छैन। भाग्यले पनि नेपाललाई ठुला प्रतियोगिताहरुमा साथ दिने गरेको छ। सन् २०१० को डिभिजन-५ होस् या एसीसी टि-२० २०११ यात बर्मुडाको २०१३ डिभिजन-३ सबैमा नेपाललाई अघिल्लो चरण प्रवेश गर्न भाग्यले पनि साथ दिएको थियो।

बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा भने नेपाललाई भाग्यले साथ दिएन र केहि खेलहरु निकै थोरै अन्तरले गुमाउन पुग्यो। च्याम्पियनसिपको अन्तिम केहि खेलहरुमा नेपालको ब्याटिंग पक्ष निकै खराब देखियो जुन पक्ष सुधार गर्न नेपालले फ्लप ब्याट्सम्यान बिनोद भण्डारी र सागर पुनलाई प्रारम्भिक टिममानै राखेको छैन। डिभिजन-२ मा नेपालको ब्याटिंग पक्ष सुधार हुने हो भने नेपालको पक्षमा नतिजा आउने सम्भावना धेरै रहन्छ। तर नामिबियाको उछाल र गति भएको पिचमा नेपाली ब्याट्सम्यानहरुलाई ब्याटिंग गर्न चुनौतीपूर्ण हुने पक्का छ।

सन् २०१४ मा नेपालले मलेसियामा सम्पन्न डिभिजन-३ जित्दै डिभिजन-२ उक्लेको थियो जसपछि नामिबियामा सम्पन्न डिभिजन-२ प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गरेको थियो। तेश्रो स्थान हाँसिल गरे पनि नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो। त्यो बेला नेपालसंगै नामिबिया, नेदरल्याण्ड, केन्या, क्यानाडा र युगान्डाले डिभिजन-२ खेलेका थिए। क्यानडा र युगान्डा डिभिजन-३ मा घटुवा भएका थिए भने नामिबिया, नेदरल्याण्ड, नेपाल र केन्या बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न छनौट भएका थिए।

सम्बन्धित :- 

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]