नेत्रहीन क्रिकेट टिमलाई सम्मान

  • विकेटनेपाल, माघ-६-  बरदुबई ।

नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट टिम सम्मानित भएका छन्। हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली नेत्रहीन क्रिकेट टिमलाई एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा सम्मान गरिएको हो।

बरदुबईस्थित एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा दुबईको गैरआवासीय नेपाली समाज, पत्रकार महासंघ युएई शाखा, जनजाती महासंघ, नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, नेपाली समाज युएई र नेपाली मुस्लिम सोसाइटीले सम्मान गरेका थिए । विभिन्न संघका संस्थाले नेपाली टोलीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

नेपाली टोलीलाई एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पा, कलाकार समाजका अध्यक्ष रेखा घिमिरे, पत्रकार महासंघका अध्यक्ष भुपराज बत्स्याल, नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, सोसिएल क्लबका अध्यक्ष शालिकराम सुबेदी, नेपाली विजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, मुस्लिम समाजका अध्यक्ष नौमान सिद्दिकी, एभरेस्ट क्लबका उपाध्यक्ष मदन अधिकारी र क्लबका टेक्निकल डाइरेक्टर रवि शाहीले सम्मान गरेका थिए। सो अवसरमा विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा संकलित १ लाख ४० हजार रुपैयाँ नगदद्वारा नेपाली टोलीलाई सम्मान गरिएको थियो।

मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबका सचिव पुर्णभक्त लामा र कोषाध्यक्ष पर्शुराम घिमिरेले नेत्रहीन क्रिकेटका अध्यक्ष पवन घिमिरेलाई नगद हस्तान्तरण गरे । कार्यक्रममा विश्व साइकल यात्री दीपक खत्रीलाई पनि सम्मान गरिएको थियो । नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष घिमिरेले रोजगारका लागि विदेशी भुमीमा रहेका नेपालीहरुले आफ्नो देशप्रति खेलको माध्यमबाट देखाएको राष्ट्रप्रेम सह्रानिय रहेको बताए ।

पाकिस्तानमा र युएईमा संयुक्त रुपमा भएको नेत्रहीन विश्वकप क्रिकेटमा नेपाली टोलीले ४ खेलमा हार व्यहोर्दा अस्ट्रेलियामाथि ८ विकेटको रवाफिलो जित आत्मसात गरेको थियो ।

समर्थक समाजको प्लेनमा फर्काउने अभियान सफल 

रेल यात्रा गर्दै नेपाली नेत्रहीन टिम पाकिस्तानमा एकदिवसीय बिश्व कप खेल्ने खबर पछि नेपाली क्रिकेट समर्थक समाजले चलाएको सहयोग अभियान अन्तिम चरणमा पुग्दा ७ लाख १८ हजार भन्दा बढी रकम उठीसकेको छ।

अभियानको लागि रास्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्काले रु. ५० हजार दिंदै रेलमा गएको टिम प्लेनमा फर्किनु पर्ने भन्दै रकम सहयोगको सुरुवात गरेका थिए।

समाजका अध्यक्ष भानु सिग्देलले विकेटनेपाललाई जानकारी गराए अनुसार अभियान सफल भएको र आइतबार रातिसम्म अन्तिम संकलन जारि रहनेछ। प्लेन टिकटको लागि खर्च भएको ३ लाख १९ हजार रुपैयाँ बाहेक उठेको रकम सोमबार औपचारिक कार्यक्रम गर्दै दृस्टी बिहिन क्रिकेट टिमलाईनै दिईनेछ।

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]