सन्दिपको स्पिनमा फस्यो केन्या, एकै ओभरमा दुई सफलता

२०७४ माघ २९, सोमबार १५:४१

Sandeep Lamichhane
  • विकेटनेपाल – २९ माघ, सोमबार

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले आज आफ्नो चौथो खेल केन्या बिरुद्ध खेल्दै छ। केन्या बिरुद्दको महत्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले बलिंग गर्ने निर्णय लिएको छ।

यो समाचार तयार पार्दा सम्म केन्याले ३४ ओभरको समाप्तिमा ५ विकेटगुमाउंदै १०४ रन जोडेको छ
लाईभ स्कोर अपडेटका लागि यहाँ क्लिक गर्नुहोस

सन्दिप लामिछानेले एकै ओभरमा दुई विकेट लिएपछि केन्याको आधि टिम पभेलियन फर्किएको छ। आरएन पटेललाई सन्दिपले पहिलो बलमा नै एलबि डब्लु धरापमा पारेपछि केन्या समस्यामा आएको छ।

केन्यालाई चौथो झड्का दिनेक्रममा सन्दिपले लामिछानेले कप्तान राकिप पटेललाई आउट पारेका थिए। मात्र ४ बल खेलेका राकिप १ रन जोड्दा पारस खड्काको हातबाट समातिएका हुन्।

यसअघि केन्याको तेस्रो विकेट स्वरूप क्रिजमा जमीसकेका इर्फान क्रिम पभेलियन फर्किएका थिए। उनि बसन्त रेग्मीको बलमा विकेटकिपर ज्ञानेन्द्र मल्लबाट स्टाम्प आउट भए। १०० बल खेलेका करिमले ४२ रनको योगदान गरे।

यसअघि केन्याको पहिलो दुई विकेटभने सन्दिप लामिछानेले हात पारेका थिए।

केन्याले उत्कृस्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेपछि नेपाल समस्यामा आएको थियो। तर सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरको अन्तिम बलमा एलेक्स ओबान्डालाई पभेलियनको बाटो देखाउंदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। ४६ बल खेल्दै ओबान्डाले लामिछानेको बलमा बोल्ड हुनअघि ४१ रन जोड्न सकेका थिए।

त्यसपछि ३ नम्बरमा ब्याटिंग गर्न आएका धीरेन गोंडारियापनि धेरै समय टिक्न सकेनन्। ५ बल खेलेका धीरेन ४ रन जोड्दै सन्दिपको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट समातिन पुगेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy