केन्या बिरुद्ध रोमान्चक जितमा नायक बनेका ४ नेपाली खेलाडी

sandeep lamichhane , rohit poudel
  • विकेटनेपाल, माघ २९- सोमबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले चौथो खेलमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपालले डिभिजन-२ को उत्कृस्ट-२ भित्र पर्ने सम्भावनालाई बलियो बनाएको छ। अन्तिम खेल मा बुधबार क्यानडालाई पराजित गरेको खण्डमा नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ बिश्वकप छनौट प्रतियोगितामा छनौट हुनेछ।

केन्यासंग ३ विकेटको जित हाँसिल गर्न नेपालले अन्तिम बलसम्म कुर्नु पर्यो भने कुनै बेला हारको संघरमा समेत पुगीसकेको थियो। टस जितेर बलिंग गरेपछि केन्याले दिएको १७८ रन लक्ष पछ्याउने क्रममा नेपालले अन्तिम बलमा आवस्यक २ रन सोमपाल कामिको ब्याटबाट बटुलेको थियो। नेपाललाई नेपाली क्रिकेट इतिहासकै अविस्मरणीय मध्येको खेल जिताउने क्रममा केहि खेलाडीहरुले महत्वपूर्ण योगदान दिए जो यसप्रकार रहेका छन्-

सन्दिप लामिछाने 

प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरिरहेका सन्दिपले केन्या इनिंग ध्वस्त गर्ने क्रममा सिनियर रास्ट्रिय क्रिकेट टिमको लागि हालसम्मकै उत्कृस्ट बलिंग प्रदर्शन गरे। सन्दिपले ५ विकेट हात पार्ने क्रममा १० ओभरमा ५ मेडन ओभर सहित मात्र २० रन खर्चिए।

sandeep lamichhane
Sandeep Lamichhane

खेलको म्यान अफ द म्याच समेत चुनिएका सन्दिपको यो प्रदर्शन लिस्ट ‘ए’ क्रिकेटमा नेपाली बलरको सबैभन्दा उत्कृस्ट बलिंग हो। यस भन्दा अघि सोमपाल कामिले युएईसंग बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा गत बर्ष डिसेम्बरमा ५ विकेट लिएका थिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर सहित २७ रन खर्चिएका थिए। यस्तै करन केसीले लिस्ट ‘ए’ क्रिकेटमा नेपालको लागि पहिलो पटक ५ विकेट लिने क्रममा सन् २०१५ को नामिबियामै सम्पन्न डिभिजन-२ मा क्यानडासंग १० ओभरमा २ मेडन ओभर सहित २६ रन खर्चेका थिए।

५ विकेट लिने क्रममा सन्दिपले खतरनाक भइरहेको केन्याको ओपनिंग साझेदारी तोडेका थिए। पहिलो विकेटको लागि इरफान करिम र एलेक्स ओबान्डाले ६५ रन बनाईसकेका थिए जुन साझेदारी तोड्न सन्दिपले ओबान्डालाई बोल्ड गरेका थिए। सन्दिप त्यतिमै थामिएनन् र गोन्डरीया ( ४ रन ) , कप्तान राकेप पटेल ( १ ) , रुसब पटेल ( ० ), ओडीएम्बो ( ७ ) लाई पनि पेभेलियन फर्काए।

पारस खड्का 

अघिल्लो खेलमा केन्यासंग ५१ रनको आक्रामक इनिंग तथा २ विकेट लिंदै नेपालको जितमा महत्वपूर्ण योगदान दिएका पारसले पुनः जितमा महत्वपूर्ण प्रदर्शन गरे। ओपनर ज्ञानेन्द्र मल्ल, ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरी १३ रनको योगफलमै आउट भएपछि खराब अवस्थामा पुगेको नेपालको स्कोर पारसले अघि बढाएका थिए। शरद भेसावकरसंग चौथो विकेटको लागि ५५ रनको साझेदारी गरेका पारसले नेपाललाई खराब अवस्थाबाट उकासे। ओडीयाम्बोको बलमा विकेटकिपरको हातबाट १८ औं ओभरमा समातिएका पारसले त्यस अघि २ छक्का र ३ चौका मदतले ४२ रन बनाए। त्यस अघि बलिंगतर्फ पनि ५ ओभरमा १ मेडन ओभर सहित १५ रन खर्चदै उनले किफायती बलिंग गरेका थिए।

आरिफ शेख

अघिल्लो ३ खेलमा खराब प्रदर्शनबाट आलोचित आरिफले नेपाललाई खेल जिताउन महत्वपूर्ण पारि खेले। ४२ रन बनाएका  उनले ८२ बलमा मात्र २ चौका प्रहार गरेका थिए।

Aarif Sheikh
Aarif Sheikh

कप्तान पारस खड्का आउट भएपछी ६९/४ को खराब अवस्थामा रहेको नेपाललाई बचाउन आरिफले महत्वपूर्ण इनिंग खेले । उनले पाचौं विकेटको लागि शरद भेसावकरसँग १३ रनको साझेदारी गरे। शरद आउट हुँदा नेपाललाई आवस्यक रन रेट ३.४० को रहेको थियो तर रोहितसँग साझेदारी गर्दा आबश्यक रन रेट ६ भन्दा माथि लागिसकेको थियो। रोहितसंग छैठौ विकेटको लागि आरिफले ८७ रनको साझेदारी मात्रै गरेनन् उनले अन्तिमका ओभरहरुमा स्ट्राइक रोटेट गर्दै रन गति पनि बढाए।

रोहित पौडेल

भर्खरै सम्पन्न एभरेस्ट प्रिमियर लिग टि-२० मा ठुला सटहरु प्रहार गरेपछि फिनिसरको भूमिकामा रास्ट्रिय टिममा स्थान बनाएका रोहित पौडेलले खेल जीवनकै उत्कृस्ट पारि खेले। रोहितले ४७ रन बनाउने क्रममा ८६ बलको सामना गर्दै एउटा चौका प्रहार गरे।

rohit poudel
Rohit Poudel

शरद भेसवकर आउट भएपछी आरिफ शेखलाई साथ दिन आएका उनले ८७ रनको साझेदारी गरे र नेपाललाई जितको नजिक पुर्याए। जितबाट मात्र २ रन टाढा हुदा रन आउट हुन पुगेका रोहित जितमा नायक बन्न पुगे।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]