अन्ततः केन्या र नामिबिया बिच खेल हुदै, नेपाललाई केन्याले जित्दा के हार्दा के ?

२०७४ फाल्गुन १, मंगलवार १५:३३

  • विकेटनेपाल, फाल्गुन १ – मंगलबार

आईसिसी विश्व क्रिकेट लिग डिभीजन-२ अन्तर्गत समूह चरणको खेलमा आज पुनः नामिबिया र केन्याबीच खेल हुदै छ। प्रारम्भिक खेल तालिका अनुसार गत शुक्रबार हुनु पर्ने खेल वर्षाका कारण हुनसकेको थिएन। त्यसपछि खेललाई शनिबारको लागि सारिएको थियो। शनिबार समयमै मैदान खेल्नका लागि तयार नभएकोले खेल केही बेर ढिलो गरेर सुरु त भयो तर पुनः खेल बीचमा रोकिन पुग्यो। अपरान्हमा सिमसिम पानीबाट सुरु भएको वर्षाले केही छिनमै ठुलो रुप लिएपछि खेल हुन सकेन र खेललाई आज मंगलबार (रिजर्भ डे) को लागि पुनः तय गरिएको हो।

namibia players soaking water from the ground on Saturday Source : Peter Della Penna

केन्याले टस जिती पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ। यो रिपोर्ट प्रकाशित गर्दै गर्दा केन्याले ३०.१ ओभरमा आफ्नो सबै विकेट गुमाई ११० रन बनाएको छ।

यो खेललाई नामिबिया र केन्याका दर्शकहरुले मात्र नभई नेपालका फ्यानहरुले पनि नजिकबाट हेरीरहेका छन्। समूह तालिकाको पुछारमा रहेको केन्याले चौथौ नम्बरमा रहेको नामिबियालाई हराएको खण्डमा नामिबिया ४ अंकमै रहनेछ जुन नेपालको लागि सकारात्मक कुरा हो। नामिबियाले खेल जितेको अवस्थामा उसको पनि ४ खेलमा समान ६ अंक हुनेछ र नेपाल समक्ष क्यानडालाई पराजित गर्नै पर्ने दबाव रहनेछ। यो खेलको नातिजाकै आधारमा भने कुन कुन टिम टप-२ मा पुग्ने भन्ने तय हुने चाहिँ हैन। क्यानडा, नेपाल, युएई र नामिबिया बीच टप-२ को लागि प्रतिस्पर्धा छ। नेपालले आफ्नै भरमा शिर्ष २ मा स्थान सुनिस्चित गर्ने हो भने बुधबार हुने क्यानडा संगको खेलमा जित हासिल गर्ने पर्नेछ।

स्मरण रहोस् यो प्रतियोगिताको शिर्ष २ स्थान प्राप्त गर्ने टिमले मार्चमा जिम्बाब्वेमा हुने विश्वकप छनौट प्रतियोगितामा भाग लिन पाउने छ।

अंकतालिका 

points table icc division 2
points table

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy