बालुवाटारलाई खुकुरी कपको उपाधि, रोमान्चक फाइनलमा केसिटिसी पराजित

Baluwatar Cricket Club
  • विकेटनेपाल – ५ फाल्गुन, शनिवार

खुकुरी इन्टरटेन्टमेन्टको आयोजनामा काठमाडौंमा सम्पन्न खुकुरी च्यालेन्जर्स टि-२० क्रिकेट प्रतियोगिताको उपाधि बालुवाटार क्रिकेट क्लबले जितेको छ। रोमान्चक फाईनल खेलमा बालुवाटार क्रिकेट क्लबले केसिटिसीलाई ८ रनले पराजित गर्यो।

प्रतियोगिताको उपाधि जितेसंगै बालुवाटार क्रिकेट क्लबले नगद ३ लाख रुपैयाँ प्राप्त गर्यो भने उप-विजेता केसिटिसीले १ लाख रुपैयाँमा चित्त बुझाउनु पर्यो। मुलपानी मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा शान्तिनगर युथ क्लबलाई ४ विकेटले पराजित गर्दै बालुवाटारले फाइनलमा स्थान बनाएको थियो भने केसिटिसीले सेमिफाइनल खेलमा रोएल पिसी फाइटरलाई ४१ रनले पराजित गर्दै फाइनलमा बालुवाटारसंगको भेट पक्का गरेको थियो।

फाइनल खेलमा पहिले ब्याटिंग गर्दै बालुवाटारले दिएको १५२ रनको लक्ष्यको पिछा गरेको केसिटिसीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४३ रन मात्र जोड्न सक्यो। जसको फलस्वरूप खेलको नतिजा ८ रनको झिनो अन्तरले बालुवाटारको पक्षमा गयो।

स्कोरकार्ड :

लक्ष्य पछ्याउने क्रममा केसीटिसीका आदील खानले ३२ र दुर्गेश थापाले २१ रन बनाएपनि टोलिलाई जित दिलाउन सकेनन्। ३२ बलमा आदीलले १ चौका सहित ३२ तथा दुर्गेशले १७ बलमा २ चौका सहित २१ रन जोडेपनि अन्य ब्याट्सम्यानहरुले पर्याप्त साथ निभाउन सकेनन्।

बालुवाटारका बलरले उत्कृस्ट बलिंग गर्दा आफ्नो टोलिलाई उपाधि दिलाउन सफल रहे। बालुवाटारका लागि फाईनल खेलमा  म्यान अफ दि म्याच बनेका अभिनास बस्यालले सर्वाधिक ३ विकेट लिए। यस्तै सिद्धान्त साह, क्षितिज सिंह र अमर सिंह रौटेलाले समान १-१ विकेट लिए।

यसअघि टस जित्दै पहिले ब्याटिंग गरेको बालुवाटारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन जोडेको थियो। बालुवाटारको इनिंगमा अमर सिंह रौटेलाले ३३ तथा प्रनित थापा मगरले २७ रन जोडेका थिए। मात्र १८ बल खेलेका रौटेलाले ३ चौका र २ छक्का सहित ३३ रन जोडे। यस्तै प्रनितले २८ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।

बालुवाटारका लागि धेरै ब्याट्सम्यानले सुरुवात पाएपनि ठुलो स्कोरमा परिणत गर्नबाट चुकेका थिए। सोनु तामांग २३ (९) र पृथु बास्कोटा २५ (२३) रनमा पभेलीयन फर्किएका थिए। केसिटिसीका बलरले लगातार रुपमा विकेट लिंदा बालुवाटारका ब्याट्सम्यानले ठुलो साझेदारी गर्नबाट चुकेका थिए।

Man of the series: Kshitiz Singh (Baluwatar Cricket Club)
Man of the series: Kshitiz Singh (Baluwatar Cricket Club)

केसिटिसीको बलिंग तर्फ सुमित झाले सर्वाधिक ३ विकेट हात पारेका थिए। आफ्नो ४ ओभरको स्पेलमा झाले २९ रन खर्चेर केसिटिसीलाई ३ सफलता दिलाएका थिए। यस्तै संजय बस्नेतले २ तथा नन्दन यादवले १ विकेट चट्काएका थिए।

प्रतियोगिताको म्यान अफ दि सिरिज बालुवाटार क्रिकेट क्लबका क्षितिज सिंह घोषित हुँदै नगद २० हजार रुपैयाँ प्राप्त गरे। यस्तै  टिकापुर क्रिकेट क्लबका रबिन्द्र जंग शाही उत्कृस्ट ब्याट्सम्यान र त्रिभुवन आर्मी क्लबका अभिनास बोहरा उत्कृस्ट बलर घोषित भए।  यस्तै वाईवाई जि.एच.सी.ए. का सागर ढकाल इमर्जिंग खेलाडी घोषित भए।  उनीहरु तिनैजनाले समान नगद १०-१० हजार रुपैयाँ प्राप्त गरे।

खुकुरी इन्टरटेन्टमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा २० टोलिको सहभागिता रहेको थियो। प्रतियोगिताका खेलहरु मुलपानी मैदान र त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा भएका थिए।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]