बिश्वकप छनौट खेल्ने नेपाली टिमलाई प्रधानमन्त्रीको नगद सम्मान

  • विकेटनेपाल, फाल्गुन ११

नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को शिर्ष २ मा रहदै आगामी महिना जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा छनोट भएको नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीले नगद सहित सम्मान गरेका छन्।

बालुवाटारमा आज आयोजित कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व निर्धारित सम्मान रकम समेत हस्तान्तरण गरेका छन्।विश्वकप छनोट प्रतियोगितामा पछी सरकारले प्रत्येक खेलाडीलाई नगद ३ लाख सहित सम्मान गर्ने घोषणा गरेका थिए भने मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पनि थप जनही १ लाख प्रदान गर्ने घोषणा गरेका थिए। सम्मान रकम अन्तर्गत सरकारले १४ जना खेलाडीलाई ३ लाख, प्रशिक्षकलाई १.५० लाख र फिजियोलाई १ लाख हस्तान्तरण गर्यो भने मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खेलाडी, प्रशिक्षक, फिजियो, टिम म्यानेजर लगायत सबैलाई नगद १ लाख सहित सम्मान गर्यो ।

नामिबियामा भएको प्रतियोगितामा क्यानडा बिरुद्दको खेलमा अन्तिम बलमा १ विकेटको जित हात पार्दै नेपालले आफ्नो जिम्बाबेको यात्रा तय गरेको थियो। कार्यक्रममा सम्मानसंगै शनिबार जिम्बाबेतर्फ प्रस्थान गर्ने नेपाली टिमलाई बिदाइ समेत गरिएको थियो।

जिम्बाबे जाने नेपाली टिम 

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी

बैकल्पिक खेलाडी : बिनोद भण्डारी, सिद्धान्त लोहनी, सुनिल धमला, किशोर महतो

जिम्बावेमा हुने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा नेपालसंगै समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलि जिम्बावे बिरुद्द मार्च ४ तारीखमा खेल्ने छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy