मोहम्मद शहजाद निलम्बित, नेपालसँगको खेल गुमाउने

  • विकेटनेपाल, फाल्गुन २३ – बुधबार

अफगानिस्तानको टिमका विकेट किपर तथा ओपनिंग ब्याट्सम्यान मोहम्मद शह्जादलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आगामी २ खेलको लागि निलम्बित गरेको छ।

जिम्बाबेमा जारि एकदिवसीय बिश्वकप छनौट अन्तर्गत अफगानिस्तानले स्कटल्याण्ड र जिम्बाबेसंग पराजय बेहोरीसकेको छ भने आगामी २ खेलमा हंगकंग र नेपालको मार्च ८ र १० तारिकमा सामना गर्दैछ। सुपर सिक्स चरण पुग्नको लागि महत्वपूर्ण रहने खेलमा अफगानिस्तानले महत्वपूर्ण खेलाडी बिना आगामी २ खेल खेल्नुपर्नेछ।

सन् २०१६ को डिसेम्बमा युएई बिरुद्दको टी-२० खेलमा नराम्रो आचरण देखाउदा ३ डीमेरिट अंक खेपेका शेहज़ादले अफगानिस्तानको जिम्बाबेसँगको रोमान्चक खेलमा १ डिमेरिट अंक पाएपछि अन्तिम २४ महिनामा ४ डिमेरिट अंकको साथमा उनलाई २ खेलमा निलम्बित गरिएको हो।

मुजिब उर् रहमान पनि कारबाहीमा

आइसीसीले जारि गरेको प्रेस बक्तब्यको अनुसार जिम्बाबेसंगको रोमान्चक खेलको नवौं ओभरमा शहजाद ३० रनको व्यक्तिगत स्कोरमा टेन्दाई चताराको बलमा म्याल्कम वालरको हातबाट क्याच आउट भएपछी उनले ब्याटले खेल भइरहेको पिचमा हिर्काएका थिए । जसको कारण पिचमा समेत केहि समस्याआएको थियो।

शहजादलाई म्याच रेफ्री डेभिड जुक्सले लगाएको आरोप शहजादले स्वीकार गरिसकेका छन् । साथै अबको २४ महिना भित्रमा पुनः यस्तै प्रकारको हर्कत देखाउंदै थप ४ डिमेरिट अंक खेपेको खण्डमा आइसीसीले उनलाई ४ खेलबाट निलम्बन गर्ने जनाएको छ।

ब्रेण्डन टेलर र मुजिब उर् रहमानलाई पनि कारबाही 

जिम्बाबे र अफगानिस्तान बीचकै खेलमा अम्पायरको निर्णय नमान्दै अम्पायर प्रति खराब ब्यबहार देखाएको कारण जिम्बाबे खेलाडी ब्रेण्डन टेलरलाई आइसीसीको धारा २.१.५ अन्तर्गत म्याच फिको १५ प्रतिशत जरिवाना लगाएको छ।

ब्रेण्डन टेलर

यस्तै अफगानिस्तानका १६ बर्षिय स्पिनर मुजिब उर् रहमानलाई बलिंगका दौरान बलले क्रिजमा रहेका ब्याट्सम्यानलाई खतरनाक साबित हुने गरि हानेको कारण कारबाही गरेको छ। आइसीसीकै धारा २.२.८ अनुसार रहमानलाई म्याच फिको ५० प्रतिशत जरिवाना र ३ डीमेरिट प्वाइन्ट समेत दिईएको छ।

हंगकंग खेलाडी निजाकत खानलाई जरीवाना

हंगकंग खेलाडी निजाकत खानलाई पनि स्कटल्याण्डका खेलाडी एलेस्डर इभान्सले रन लिंदै गरेको बेला जानाजान काँधले हानेपछि म्याच फिको ५० प्रतिशत जरिवाना लगाएको छ। खानले पनि आफ्नो गल्ति स्वीकार गरिसकेका छन्।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy