नेपालले नेदरल्याण्डसंग खेल्ने

  • विकेटनेपाल, चैत २ – शुक्रबार 

आईसीसी बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेलमा सातौं स्थानको लागि शनिबार नेदरल्याण्डको सामना गर्नेछ। सुपर सिक्स चरण पुग्न असफल भएपछि नेपालले प्लेअफमा पपुवा न्यु गिनीलाई पराजित गरेपछि सातौँ स्थान हाँसिल गर्न नेदरल्याण्डलाई पराजित गर्नुपर्नेछ। पपुवा न्यु गिनी र हंगकंग भने नवौं र दशौ स्थानको लागि खेल्नेछन्।

नेपाल र नेदरल्याण्ड दुवैले ४ बर्षको लागि एकदिवसीय मान्यता पाइसके पनि दुवै बीचको खेल लिस्ट ‘ए’ नै हुनेछ। छनौट प्रतियोगिता पछि मात्रै दुवै देशको खेलले एकदिवसीय मान्यता पाउनेछ।

Nepal vs Netherlands
Nepal vs Netherlands

पपुवा न्यु गिनीलाई पराजित गरेपछि सातौँ स्थानको लागि खेलिने खेल अगावै ऐतिहासिक एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालको लागि नेदरल्याण्डको खेल प्रतिष्ठाको लागि पनि हुनेछ। २०१५ देखि १७ सम्म चलेको बिश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेता टिम नेदरल्याण्ड बिरुद्ध जित हाँसिल गर्दै नेपाल प्रतियोगितामा लगातार तेश्रो जित हाँसिल गर्न चाहन्छ भने वरियतामा प्रतियोगिताको सातौँ स्थान पनि ओगट्ने लक्ष्य हुनेछ।

प्रतियोगितामा यस अघिका कुनै पनि खेलहरुमा मौका नपाएका खेलाडीहरु शक्ति गौचन र ललित सिंह भण्डारी जस्ता खेलाडीहरुले अन्तिम खेलमा मौका पाउने सम्भावना रहेको छ। अर्का बायाँ हाते स्पिनर ललित राजवंशीले लगातार खेल खेल्दा भेट्रान स्पिनर शक्ति गौचनले हालसम्म अन्तिम ११ मा मौका पाएका छैनन्।

नेदरल्याण्डले प्लेअफमा हंगकंगलाई ४४ रनले पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको थियो। त्यस अघि समुह ‘ए’ मा रहेको नेदरल्याण्डले आयरल्याण्ड, युएई र वेस्ट इन्डिजसंग हार बेहोरेपछि सुपर सिक्स पुग्न असफल भएको थियो। पपुवा न्यु गिनीसंग मात्र जित हात पार्न सकेको नेदरल्याण्ड पनि नेपाललाई पराजित गर्दै आफुलाई उत्कृस्ट प्रमाणित गर्न चाहन्छ।

प्रतियोगितामा नेपाल समुह चरणमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसंग पराजित भएको थियो भने हंगकंगलाई पराजित गरेपनि सुपर अफगानिस्तानसंग नेट रन रेटमा पछि पर्दै सुपर सिक्स पुग्न असफल भएको थियो। त्यसपछि प्लेअफ खेलमा नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको थियो।

नेदरल्याण्डसंग इतिहास 

नेदरल्याण्डसंग नेपालको अन्तिम भेट बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा भएको थियो। २०१६ अगस्टमा नेदरल्याण्डमा सम्पन्न २ वटा खेलमा दुवै टिमले १/१ खेल जितेको थियो। पहिलो खेलमा ७ विकेटले पराजित भएपछि दोश्रो खेलमा नेपालले १९ रनको जित निकालेको थियो। त्यसभन्दा अघि बिश्व क्रिकेट लिग डिभिजन-२ २०१५ मा नामिबियामा भएको भेटमा नेपालले नेदरल्याण्डलाई २ विकेटले पराजित गरेको थियो। सन्  २०१४ को न्युजिल्याण्ड बिश्वकप छनौटमा पहिलो पटक ५० ओभर फर्म्याटमा दुइ टिम भेट हुँदा सातौँ स्थानको लागि प्ले-अफ सेमीफाइनल खेलेका थिए। उक्त खेलनेदरल्याण्डले ७ विकेटले जितेको थियो।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]