कोहली फ्यान क्लबद्वारा दृस्टी बिहिन राष्ट्रिय क्रिकेटरहरुसंग अन्तर्क्रिया

Virat Kohli Fan Club
  • विकेटनेपाल, चैत ११ 

अन्तर्राष्ट्रिय बिराट कोहली फ्यान क्लबले काठमाडौँमा दृस्टी बिहिन राष्ट्रिय क्रिकेट टिमसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। फ्यान क्लबको काठमाडौँ शाखाले आयोजना गरेको कार्यक्रममा पाकिस्तानमा यसै बर्ष जनवरीमा सम्पन्न दृस्टीबिहिन बिश्वकपमा सहभागी भएका खेलाडीहरु तथा राष्ट्रिय क्रिकेटर सोमपाल कामिले आफ्नो अनुभव बताएका थिए।

माइतीघर सेन्ट जेभियर कलेजमा आयोजित कार्यक्रममा नेपाली दृस्टीबिहिन क्रिकेट टिमका ५ सदस्यहरु प्रबल राज बिस्ट, कुशल न्यौपाने, सागर लामा, बद्रि चौलागाई र रमेश बहादुर बानियाँ सहभागी थिए। फ्यान क्लबका सदस्यहरुले सोधेको बिभिन्न प्रश्नको जवाफ दिने क्रममा उनीहरुले बिश्वकप खेल्दाको आफ्नो अनुभव, समस्याहरु तथा क्रिकेट विकासको लागि चालिनु पर्ने कदमबारे बोलेका थिए।

यसै बर्ष जनवरीमा दृस्टीबिहिन एकदिवसीय बिश्वकप खेल्न जाँदा रेलमा यात्रा गर्नुपरेको प्रसंग याद गर्दै रमेश बहादुर बानियाँले फ्यानहरुकै सहयोगले आफुलाई उर्जा प्राप्त भएको सम्झिए-

“हामि जुन मनस्थिति बनाएर खेल्न गएका थियौं बाटोमा जाँदाजाँदै परिवर्तन भैसकेको थियो। त्यहाँ पुगीसकेर २ वटा खेल खेल्दा हाम्रो मनोबल कमजोर भैसकेको थियो। पाकिस्तान पुगीसकेपछि पाकिस्तान र बंगलादेशसंग खेलीसकेपछि पनि खेल भन्दा अब फेरी त्यही बाटो भएर फर्किनुछ, के होला हालत भन्ने एउटा मनस्थिति भएको थियो।” उनले थपे – २ वटा खेल खेलीसकेपछि प्लेनबाट फर्किने खबर पायौ जसपछि खेलाडीहरुमा जोश आयो जसपछि अस्ट्रेलियालाई हामीले पराजित गर्न सक्यौ, त्यस अघि कहिले पनि हामीले अस्ट्रेलियालाई पराजित गर्न सकेका थिएनौ, फ्यानहरुको समर्थनले त्यो सम्भव भएको हो”

दृस्टीबिहिन टिम रेलमार्फत कस्टकर यात्रा गर्दै पाकिस्तान पुग्ने परिस्थितिमा नेपाली क्रिकेट समर्थक समाजले सहयोग अभियान चलाउदा प्लेनमा फर्किन सम्भव भएको थियो।

दृस्टी बिहिन क्रिकेट संघका महासचिब पर्वत राज बिस्टले बजेटको अभावले दृस्टीबिहिन टिमले बिभिन्न समस्याहरु भोग्नुपरेको र आगामी दिनमा सरोकारवाला पक्षले बिशेष ध्यान दिए राम्रो नतिजा ल्याउने बिश्वास ब्यक्त गरे। साथै उनले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय टिमहरु ल्याएर सिरिज खेल्ने योजना सुनाउदै त्यसलाई सफल बनाउन फ्यानहरुको पनि सहयोगको लागि अपिल गरे।

यस्तै भर्खरै नेपालीलाई एकदिवसीय राष्ट्रको मान्यता दिलाउने टिमका महत्वपूर्ण सदस्य सोमपाल कामिले पनि फ्यानहरुको जिज्ञासाको समाधान गर्ने क्रममा नेपाली क्रिकेटको सफलता र आफ्नो बारे पनि धेरै कुरा खोले।

“एकदिवसीय मान्यता पाएपछि बिश्वको ध्यान नेपाली खेलाडीमा हुनेछ र यसले सीपीएल, बिपीएल जस्ता अन्तर्राष्ट्रिय लिगमा हाम्रो सम्भावना खुलेको छ”

सोमपालले ठुला लिगहरु भन्दा नेपाललाई बिश्वकप खेलाउने सपना देखेको सुनाए- “मेरो आईपीएल भन्दा पनि देशलाई कसरि अघि बढाउने भन्ने सपना छ र नेपाललाई बिश्वकप पुर्याउने र टेस्ट राष्ट्र बनाउन कसरि आफुले मेहनत गर्नेमा मेरो ध्यान रहनेछ”

फास्ट बलर बन्न के गर्नुपर्छ भन्ने फ्यानको प्रश्नमा सोमपालले यस्तो जवाफ दिए-

“फास्ट बलर भएपछि सधै दुखाइ सहने बानि गर्नुपर्छ र कसरि खाने, सुत्ने र फिटनेसमा निकै ध्यान दिनुपर्छ” यसै प्रसंगमा सोमपालले आफुलाई फिट राख्न २ बर्ष देखि मम नखाएको समेत खुलासा गरे।

अन्तर्राष्ट्रिय बिराट कोहली फ्यान क्लब नेपालको गत बर्ष अगस्टमा बिराटनगरमा स्थापना भएको थियो। अन्तर्राष्ट्रिय बिराट कोहली फ्यान क्लबको साखाको रुपमा क्लब गठन गरिएको हो जसको नेपाल संयोजक रोनक अग्रवाल रहेका छन्। फ्यान क्लबको काठमाडौँ साखा गत बर्ष डिसेम्बरमा भएको थियो जसको अध्यक्ष कपिल बन्जाडे रहेका छन्।  क्लबले यस अघि पनि बिभिन्न सामाजिक कार्यक्रमहरु गरिसकेको छ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]