धुर्मुसको प्रस्तावित क्रिकेट रंगशाला गोदावरीमा

फिचर फोटो: अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान

  • विकेटनेपाल, बैशाख ७ – शुक्रबार

हाँस्यकलाकारद्वय सिताराम कट्टेल र कुन्जना घिमिरेद्वारा संचालित धुर्मुस-सुन्तली फाउन्डेसनको प्रस्ताबमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको लागि ललितपुरको गोदावरीमा जग्गा फाइनल गरिएको छ ।

नेपाली क्रिकेट टिमले ऐतिहासिक अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता प्राप्त गरेपछि सामाजिक कार्यका कारण चर्चामा रहेको फाउन्डेसनलाई जनताको दबाब आएपछि मैदान निर्माणको लागि जग्गा खोजि कार्य सुरु गरिएको थियो । फाउन्डेसनले उक्त कार्यको लागि  खटाएको प्राबिधिक टोलीले देशका विभिन्न ठाउँमा जग्गा अवलोकन गरेको थियो जसपछी गोदावरीलाई चुनेको छ ।

छनोट गरेको गोदावरीमा रहेको जग्गा १२८ रोपनी रहेको छ जुन अहिलेसम्मकै प्राबिधिक टिमले हेरेको र पर्यटकीय स्थल भएकोले पनि राम्रो रहेको जनाएका छन् ।

धुर्मुसले आफुहरुले बनाएको योजना बिहिबार दिउसो ४ बजेतिर खेलकुद मंत्री जगत विश्वकर्मालाई बुझाएका थिए । तर संसदमा बजेट सम्बन्धि छलफल चलेकोले उक्त प्रस्ताब संसदमा पेस हुन सकेन । यदि यो प्रस्ताब पारित भएमा निर्माण सुरु गरेको दुईदेखि अढाई वर्षमा कार्य सम्पन्न हुने छ ।

यस्तो छ आधिकारिक पोस्ट:





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]