कर्णाली प्रिमियर लिग टि-२० को घोषणा

  • विकेटनेपाल, १३ बैशाख 

प्रदेश नम्बर ६ को राजधानी सुर्खेतमा इतिहासमै पहिलो पटक रास्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता कर्णाली प्रिमियर लिग टि-२० आयोजना हुने भएको छ।

बन्धु विकास सहकारी संस्थाले आयोजना गर्न लागेको टि-२० प्रतियोगितामा देशभरका १० राष्ट्रिय स्तरका क्लबहरुको सहभागिता रहनेछ। जेष्ठ ४ गते देखि १२ गते सम्म सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा प्रतियोगिताको सम्पूर्ण खेलहरु खेलिनेछ।

सुर्खेतमा बिहिबार आयोजित पत्रकार सम्मेलनमाझ प्रतियोगिताको घोषणा गरिएको हो। आयोजक बन्धु विकास सहकारी संस्थाले कर्णाली प्रदेशमा क्रिकेट गतिविधि सुन्य अवस्थामा रहेको र यस क्षेत्रमा क्षमतावान खेलाडीहरुको पहिचान होस् भन्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बताएको छ।

रुस्लानले मुख्य प्रायोजन गर्ने प्रतियोगिताको बिजेताले रु. ३ लाख , उपविजेताले रु. १ लाख ५० हजार प्राप्त गर्नेछ। यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले रु. २ हजार ५०० प्राप्त गर्नेछ भने प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. २५, हजार र उत्कृस्ट बलर तथा ब्याट्सम्यानले रु. १० हजार प्राप्त गर्ने घोषणा गरिएको छ। यस्तै प्रत्येक दिन खेल हेर्ने दर्शक मध्ये भाग्यमानी १ जनालाई १ हजार रुपैयाँ समेत प्रदान गरिनेछ।

Karnali Premier League
Karnali Premier League

प्रतियोगिता लिग-कम नक-आउट फर्म्याटमा आयोजना हुनेछ जसमा सहभागी हुने १० टिमलाई २ वटा समुहमा बिभाजन गरि समुहमा प्रत्येकले एक-अर्कासंग १-१ खेल खेलेपछि समुहको उत्कृस्ट-२ टिमले सेमीफाइनलमा स्थान बनाउने प्रतियोगिता संयोजक रेशम शाहीले जानकारी गराएका छन्। खेलहरु आईसीसीको नियम अनुसार खेलाइने छ।

प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमको आवास र खानाको व्यवस्था आयोजकलेनै गर्ने समेत संयोजक शाहीले बताएका छन्। न्यु ज्वाला ट्रेडर्स एण्ड जेनरल अर्डर सप्लायर्स सुर्खेत सह-प्रायोजकका रुपमा रहने प्रतियोगिताको हस्पिटल पार्टनर देउती हस्पिटल रहनेछ।

सुर्खेतमा यति ठुलो प्रतियोगिता आयोजना हुन लागको यो नै पहिलो पटक हो। राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरुको सहभागिता रहने हुनाले प्रतियोगिता कर्णाली प्रदेशमै ऐतिहासिक र महत्वपूर्ण हुने बिश्वास आयोजक बन्धु विकास सहकारी संस्थाले गरेको छ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]