सेमीफाइनलमा प्रदेश-५ ले रोक्ला आर्मीको यात्रा ?

binod bhandari , shatki gauchan
  • विकेटनेपाल, जेठ २४ – बिहिबार 

राजधानीमा जारि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा शुक्रबार त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर-५ प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता अन्तर्गत समुह चरणको खेलमा समुह ‘ए’ को बिजेताको रुपमा त्रिभुवन आर्मी तथा समुह ‘बि’ को उपविजेताको रुपमा प्रदेश नम्बर-५ सेमीफाइनल प्रवेश गरेको थियो। प्रतियोगिताको शनिबार खेलिने दोश्रो सेमीफाइनलमा समुह ‘बि’ को बिजेता नेपाल पुलिस क्लब र समुह ‘ए’ को उपविजेता शशस्त्र प्रहरी बल ( एपीएफ ) प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल २७ गते आइतबार खेलिनेछ।

अपराजित आर्मी

बिनोद भण्डारीको कप्तानी रहेको त्रिभुवन आर्मी क्लबले समुह चरणको ४ वटै खेलमा जित हात पार्ने क्रममा प्रदेश नम्बर-२ लाई ५५ रनले ( डी/एल ) , प्रदेश नम्बर-१ लाई १०६ रनले, प्रदेश नम्बर-४ लाई ९ विकेटले तथा शशस्त्र प्रहरी बललाई ७० रनले पराजित गरेको छ।

Sompal Kami
Sompal Kami

आर्मीको जितमा बलिंगतर्फ देब्रे हाते स्पिनरद्वय सुशन भारि र शाहब आलम तथा अफस्पिनर सागर पुनले ४ खेलमा समान ९/९ विकेट लिंदै जितमा अहम योगदान दिएका छन् भने सोमपाल कामिले पनि ८ विकेट लिईसकेका छन्। ब्याटिंगतर्फ ओपनर अनिल मण्डलले ४ खेलमा १७१ रन बनाएका छन् भने कप्तान बिनोद भण्डारीले २०१ को आक्रामक स्ट्राइक रेटमा १३७ रन बनाएका छन्।

सन्तुलित प्रदेश नम्बर-५   

शक्ति गौचन कप्तानीमा रहेको प्रदेश नम्बर-५ ले समुह चरणमा ४ खेल मध्ये २ खेल जित्यो भने १ मा हार बेहोर्दा १ खेल भने वर्षाले रद्द हुन पुगेको थियो। यस क्रममा प्रदेश नम्बर-६ लाई ९ विकेटले र प्रदेश नम्बर-३ लाई ३० रन ( डी/एल) ले पराजित गरेको प्रदेश नम्बर-५ ले नेपाल पुलिस क्लबसंग ७ विकेटको हार बेहोरेको थियो।

बलिंगतर्फ प्रदेश नम्बर-५ का अनुभवी देब्रे हाते स्पिनर लाल बहादुर अधिकारीले कुल ७ विकेट लिएर उत्कृस्ट देखाएका छन् शक्ति गौचन, कृष्ण कार्की र सन्दिप सुनारले समान ४ विकेट लिएर लय देखाएका छन्। ब्याटिंगतर्फ ओपनर शंकर रानाले ३ इनिंगमा ९२ रन तथा अर्का ओपनर सन्दिप सुनारले समान खेलमा ८५ रन बनाएर सुभसंकेत गरेका छन्।

सन्दिप सुनार ( फाइल तस्बिर )

प्रतियोगिता अघि सुर्खेतमा सम्पन्न कर्णाली प्रिमियर लिग टि -२० प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई लिग चरणको खेलमा प्रदेश नम्बर-५ को खेलाडीहरुको बाहुल्यता रहेको रुपन्देही-११ ले पराजित गरेको थियो भने सोहि प्रतियोगिताको फाइनल खेलमा भने आर्मीले रुपन्देही-११ बिरुद्ध जित हाँसिल गरेको थियो।

प्रदेश नम्बर-५ टिम ब्याटिंगतर्फ शंकर राना, सन्दिप सुनार, सौरभ खनाल, शुबेन्दु पाण्डे, अन्तिम थापा, राजबिर सिंह जस्ता खेलाडी हुनाले सन्तुलित देखिएको छ भने बलिंगको नेतृत्व कप्तान शक्ति गौचन आफैले गर्दै छन् जसमा देब्रे हाते स्पिनर लाल बहादुर अधिकारी लेग स्पिनर बिक्रम भुसाल, तिब्र गति बलर कृष्ण कार्की जस्ता बलर रहेका छन्।

उता आर्मीको बलरहरु सुशन भारि, शाहब आलम, सागर पुन र सोमपाल कामि सबै लयमा देखिनु आर्मीको मजबुत पक्ष हो। अर्कोतर्फ लयमा फर्किएका अनिल मण्डल र बिनोद भण्डारीको लय दोहोरिएमा प्रदेश नम्बर-५ को निराशाको कारण बन्न सक्छ। विभागीय टिमहरुको बोलवाला रहेको प्रतियोगितामा प्रदेश नम्बर-५ ले अस्चार्यजनक नतिजा ल्याउनेछ वा छैन सेमीफाइनलमा हेर्न लायक हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]