पोखरा प्रिमियर लिगको घोषणा, सर्वाधिक धनराशीको हुने

  • विकेटनेपाल – ५ असार, मंगलबार

पोखरामा यही कार्तिक ९ गतेदेखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पिपिएल) टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा घोषणा गरे अनुसार क्विन्स इभेन्ट मेनेजमेन्टले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो। फ्रेन्चाईज आधारित प्रतियोगितामा टोलीको नाम भने देशका प्रख्यात शहरहरु बाट रहने छ। यसअघि सम्पन्न एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग बाहेकका अन्य ३ शहरहरुको प्रतियोगितामा सहभागिता रहनेछ। प्रतियोगिताका लागि खेलाडी छनौट अक्सन प्रक्रियाबाट गरिने समेत जानकारी आयोजकले गराएको छ।

प्रतियोगिताका खेलहरु कास्की स्थित पोखरा क्रिकेट मैदानमा संचालन हुनेछन्। प्रतियोगिताका लागि खेल मैदान र पिच तयार गर्न भारतबाट क्युरेटर ल्याइने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाका अनुशार प्रतियोगिताको बिजेताले अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि प्राप्त गर्ने छन्। यद्यपि बिजेताले कति रकम प्राप्त गर्ने भने अहिले खुलाइएको छैन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy