दोश्रो खेलमा सन्दिपको उत्कृस्ट कम्ब्याक

Sandeep Lamichhane
  • विकेटनेपाल, असार १९ – मङ्गलबार

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिगमा मोन्टरियल टाइगर्सका सदस्य रहेका सन्दिप लामिछानेले राम्रो प्रदर्शनले सबैको मन जित्न सफल भएका छन्।

श्रीलंकन चर्चित बलर लासिथ मालिंगाको कप्तानीमा रहेको मोन्टरियल टाइगर्समा वेस्ट इन्डिजका चमत्कारी बलर सुनिल नारिन समेत रहेकाछन्। त्यस्तै अस्ट्रेलियाका पिटर सीड्डेल पनि रहेको टिमबाट खेलिरहेका लामिछानेले भारतमा सम्पन्न इन्डियन प्रिमियर लिगमा गरेको प्रदर्शन संयोगमात्र नभएको पुस्टि गरेका छन्।

Sandeep Lamichhane
Sandeep Lamichhane

ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत भिसा समस्याका कारण पहिलो खेल गुमाएका उनले दोश्रो खेलमा आफु त्यहाँ पुगेकै दिन खेलिएको खेलमा सन्दिप महँगो साबित हुँदै सुरुवाती ३ ओभरमा नै ५६ रन खर्चिएका थिए। तर कप्तान लासिथ मालिंगाले उनिमाथि भरोषा देखाउँदै चौथो ओभर पनि बलिंग गर्न लगाए। उक्त चौथो ओभरमा उनले मात्र १ रन खर्चेर १ विकेट लिएका थिए।

दोश्रो खेलमा उत्कृस्ट कम्ब्याक 

पहिलो खेलको अन्तिम ओभरलाई निरन्तरता दिँदै १७ बर्षीय लामिछानेले वेस्ट इन्डिजका क्रिस गेलको कप्तानीमा रहेको भेनकोभर नाइट्सबिरुद्द जादुमय प्रदर्शन गरे। खेलको सातौँ ओभरमा बलिंग गर्न आएका उनले दोश्रो बलमानै वाल्टनलाई विकेटकिपर दिनेस रामदिनको हातबाट स्टाम्पआउट गराए भने थप ४ बलमा हंगकंगका कप्तान बाबर हयातलाई डट गराउँदै जारि प्रतियोगितामा मेडन ओभर बलिंग गर्ने पहिलो स्पिन बलर समेत बने।

त्यसपछि आफ्नो स्पेलको दोश्रो ओभरमा उनै हयातले १ छक्का प्रहार गरेपछि ११ रन खर्चेपनी दोश्रो स्पेलमा एकओभर बलिंग गर्नेक्रममा १ चौका खर्चिंदै तेस्रो ओभरमा ५ रन खर्चिए। आफ्नो अन्तिम तथा पारिको १६ औं ओभरमा ४ रन खर्चिंदै लामिछानेले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर १ विकेट हातपारे।

उनको प्रदर्शनमानै टिमले बिपक्षीलाई २० ओभरमा १६६/६ को योगफलमा रोक्न सफल भयो।

Sandeep Lamichhane with Sunil Narine
Sandeep Lamichhane with Sunil Narine

अझ रोचक पक्ष के भने उनको टिमले लक्ष्य पछ्याउनेक्रममा १९ ओभरमा १४१ रन बनाउँदै ९ विकेट गुमाईसकेको अवस्थामा ब्याटिंग गर्न आएका उनले बिश्व क्रिकेटमानै उत्कृस्ट मध्येका एक डेथ बलरको उपमा पाएका वेस्ट इन्डिजका आन्द्रे रसेललाई आफ्नो पहिलो ओभरमानै डिप एक्स्ट्रा कभरको माथिबाट छक्का प्रहार गरे। अन्त्यमा उनको टिम १९.४ ओभरमा १४८ रनमा सबै विकेट गुमाउँदै १८ रनले पराजित भएपनि लामिछानेले उत्कृस्ट बलिंग र अविजित ७ रनको उत्कृस्ट ब्याटिंग नमुना प्रस्तुत गरे।

सन्दिपको टिमको आगामी खेल भोलि राति १:४५ बजे सोहेल तन्बिर कप्तानीको एड्मनटन रोयल्ससंग रहेको छ। लगातार ३ वटा खेल हारेपछि मोन्टरीयल टाइगर्स अंकतालिकाको पुछारमा रहेको छ र प्ले-अफ चरणमा पुग्न आगामी खेलहरुमा जित अत्यावश्यक रहेको छ। लिगको शिर्ष स्थानमा ड्वेन ब्राभो कप्तानीको विन्नीपिग हक्स रहेको छ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]