पुष्पको उत्कृस्ट इनिंग मदतले सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सलाई

  • विकेटनेपाल, २ भदौ – सप्तरी

प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उपाधि बजाज खडक वारियर्सले जितेको छ। स्कोरकार्ड 

सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा सम्पन्न फाईनलमा ४ विकेटको जित दर्ता गर्दै वारियर्सले उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधि सहित बजाज खडक वारियर्सले ट्रफी सहित १ लाख ५१ हजार रुपैयाँ हात पार्यो भने उपविजेता बोदे बर्साइन थन्डर्सले ट्रफी र ८१ हजार रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी बिजेता टिमका कप्तान बिबेक यादब, उत्कृस्ट बलर बोदे बर्साइनका नन्दन यादब, उत्कृस्ट ब्याट्सम्यान तिलाठी कोइलाडीका मेहबुब आलम घोषित भए भने उदयमान खेलाडी तिलाठी कोइलाडीका राहुल मण्डल घोषित भए। उत्कृस्ट खेलाडी यादबले रु. १५ हजार तथा उत्कृस्ट ब्याट्सम्यान र बलरले रु. १० हजार प्राप्त गरे। बिजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर सम्भु प्रसाद यादबले पुरस्कृत गर्नुभयो।

Champion Bajaj Khadak Warriors
Champion Bajaj Khadak Warriors

फाईनलमा टस हारेर ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो। टिमको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ३५ रनको इनिंग खेलेका थिए जुन क्रममा २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै रोहित सिंहले २७, श्रवण यादबले १९, सन्दिप ढुंगानाले १६ रन बनाए। खडक वारियर्सका बलर उपेन्द्र रोय, बिबेक यादब र हरिशंकर शाहले समान २/२ विकेट हात पारे।

१२८ रनको लक्ष्य खडक वारियर्सले १९.१ ओभरमा ६ विकेट गुमाएर भेटायो। वारियर्सको जितमा पुस्प थापाले सर्वाधिक ४२ रनको इनिंग खेल्दै जितमा अहज योगदान दिए। म्यान अफ द म्याच समेत चुनिएका उनले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

Puspa Thapa
Puspa Thapa

४८ रनको योगफलमा ४ विकेट गुमाएको अवस्थामा ब्याटिंग गर्न आएका थापाले पाँचौ विकेटको लागि आशिष झासंग २२ रन तथा छैठौं विकेटको लागि फिर्दोश अन्सारीसंग ५० रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। फिर्दोश अन्सारीले अविजित २५ रन बनाए। यस अघि प्रशान्त राई १६, हरिशंकर शाह ० , हसिम अन्सारी ७ तथा बिबेक यादब १६ रनमा आउट भएका थिए। बोदे बर्साइनका बलर नन्दन झा र श्रवण यादबले २/२ विकेट हात पारे।

Runner Up - Bode Barsain Thunders
Runner Up – Bode Barsain Thunders
Best Batsman Mehboob Alam
Best Batsman Mehboob Alam
Player of the Series - Bivek Yadav
Player of the Series – Bivek Yadav
Best Bowler - Nandan Jha
Best Bowler – Nandan Jha
Runner Up - Bode Barsain Thunders
Runner Up – Bode Barsain Thunders
Siddhant Lohani
Siddhant Lohani





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]