नेपालको दोश्रो अभ्यास खेल शुक्रबार : श्रीलंका अभ्यास भ्रमण

Gyanendra Malla , Subash Khakurel
  • विकेटनेपाल, भदौ ७ – बिहिबार 

अगस्ट २९ तारिक देखि मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको तयारीको लागि श्रीलंकाको कोलम्बोमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा शुक्रबार ब्लुमफिल्ड क्लबको सामना गर्नेछ।

नेपालले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। पहिले ब्याटिंग गर्दै नेपालले बनाएको १९४ रनको जवाफमा आर्मी क्लबले १२७ रन मात्रै बनाएको थियो। नेपालको जितमा आरिफ शेखले ८९ रनको शानदार इनिंग खेलेका थिए भने बलिङ्गतर्फ सोमपाल कामि र बसन्त रेग्मीले ३/३ विकेट लिएका थिए।

दोश्रो अभ्यास खेल नेपाली समय अनुसार १०: १५ बजे सुरु हुने नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी दिएका छन्। खेल ब्लुमफिल्ड क्रिकेट मैदानमा हुनेछ।

ब्लुमफिल्ड क्रिकेट क्लब टिम ( फोटो – thepapare.com )

श्रीलंकाको पुरानो क्लब मध्येको ब्लुमफिल्ड क्लब त्यहाँको प्रथम श्रेणी क्रिकेट खेल्ने क्लब हो। क्लबमा श्रीलंकाको लागि अन्डर-१९ तथा अन्य उमेर समुहको लागि खेलेका खेलाडीहरुको बाहुल्यता रहेको छ। नेपाली ब्यबस्थापनले नेपालसंग खेल्ने टिममा को-को हुने भने सार्वजनिक गरेको छैन।

पहिलो अभ्यास खेलमा नखेलेका पारस खड्का, सागर पुन र करन केसीले दोश्रो अभ्यास खेलमा खेल्ने सम्भावना बढी रहेको छ। फ्लप रहेको नेपालको माथिल्लो अर्डर नेपालको चिन्ताको कारण बन्दा ओपनिङ्ग ब्याट्सम्यानको रुपमा ज्ञानेन्द्रसंग कसले ब्याटिंग गर्ने पनि निश्चित भएको छैन। सुबास इंग्ल्याण्ड र नेदरल्याण्ड भ्रमण देखि टिममा रहे पनि अझै प्रमाणित गर्ने इनिंग भने खेल्न सकेका छैनन् भने अनिल साहको पनि अवस्था फरक छैन। अर्कोतर्फ लामो समयपछि मौका पाएका बिनोद भण्डारी र सागर पुनको प्रदर्शन पनि कस्तो हुने हो हेर्न बाँकी रहेको छ।

पहिलो अभ्यास खेलमा आरिफ शेखले कठिन अवस्थामा खेलेको इनिंगले सुभ संकेत दिएको छ भने अझै पनि ओपनिङ्ग र माथिल्लो क्रममा पारस पछि जिम्मेवारी सम्हाल्ने अन्य ब्याट्सम्यानको फर्मको खोजि दोश्रो अभ्यास खेलमा पनि निरन्तर हुनेछ।

नेपालले तेश्रो अभ्यास खेल अगस्ट २६ तारिकमा कोल्ट्स क्लबसंग खेल्ने तालिका रहेको छ जसपछि टिम अगस्ट २७ तारिकमा श्रीलंका प्रस्थान गर्नेछ। एसिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेल ओमानसंग २९ अगस्टमा खेल्नेछ। हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ तारिकमा मलेसिया पुग्नेछन्।

नेपाली टिम – पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]