रुट र बट्लर बिग-ब्याश लिग खेल्ने

Jos Buttler
  • विकेटनेपाल – ९ भदौ, शनिवार

इंग्ल्याण्डका टेस्ट कप्तान जो रुट र विकेटकिपर ब्याट्सम्यान जस् बट्लर अष्ट्रेलियाको घरेलु ट्वान्टी-२० बिग ब्याश लिगमा सिड्नी थण्डरबाट खेल्ने भएका छन्।

सन् २०१८/१९ को सिजनका लागि सिड्नीले इंग्ल्याण्डका दुई महत्वपूर्ण खेलाडीसंग सम्झौता गरेको हो। यद्धपि बिग ब्याश लिगकै बिचमा विन्डिज बिरुद्धको सिरिज रहेकाले दुवै खेलाडी ७ खेलमात्र खेल्नेछन्। सन् २०१६ को ट्वान्टी-२० विश्वकप पछि रुटले १२ वटा मात्र २०-२० खेल खेलेका छन्। टि-२० फर्म्याटका लागि रुट पछिल्लो समयमा त्यति उत्कृस्ट ब्याट्सम्यान मानिदैनन्। केहि साता अघि सम्पन्न भारत बिरुद्धको घरेलु टि-२० शृंखलाको खेलमा समेत इंग्ल्याण्डले टोलीमा रुटलाई स्थान दिएको थिएन। विश्वकै सर्वाधिक ठूलो र सफल मानिएको इन्डियन प्रिमियर लिगको यसपटकको अक्सनमा समेत रुटमाथी कसैको बोलि लागेको थिएन।

Joe Root (File Photo)

उता अर्का ब्याट्सम्यान जस् बट्लर भने टि-२० फर्म्याटका लागि उत्कृस्ट हुन्। पछिल्लो संस्करणको बिग् ब्याश लिगमा समेत बट्लरले सिड्नी थण्डरबाट ६ खेल खेल्दै १४३.२६ को स्ट्राइक रेटमा २०२ रन जोडेका थिए। विश्वभरका अधिकांश टि-२० लिगहरुमा बट्लर सहभागी हुँदै आएका छन्।

Jos Buttler
Jos Buttler

यस सिजनको बिग् ब्याश लिग डिसेम्बर १९ बाट सुरु हुँदैछ। ८ टोलीको सहभागिता रहने लिगमा खेलाडी छनौटका लागि अन्य लिगहरुको जस्तो अक्सन वा ड्राफ्टको व्यवस्था रहेको छैन। ब्रिस्बेन हिट, एडिलेड स्ट्राइकर्स, मेलबर्न रेनीगेड्स, पर्थ स्कर्चर्स, सिड्नी थण्डर, मेलबर्न स्टार्स, सिड्नी सिक्सर्स र होबर्ट हुरिकेन्स गरी ८ टोलि सहभागी रहेको लिगको उपाधि पछिल्लो सिजन एडीलेड स्ट्राइकर्सले हात पारेको थियो।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]