ओमान बिरुद्धको हार पछाडीका यी ३ कारण

  • विकेटनेपाल – १३ भदौ, बुधवार

एसिया कप छनौट प्रतियोगिता अन्तर्गत ओमान बिरुद्धको आफ्नो पहिलो खेलमा नेपालले ७ विकेटको नमिठो हार बेहोर्यो। मलेसियाको बायुमास मैदानमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

नेपालको ब्याटिंग तर्फ सागर पुनले सर्वाधिक ८३ रनको सानदार पारि खेलेका थिए। तर अन्य ब्याट्सम्यानहरले पर्याप्त साथ निभाउन नसक्दा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन जोडेको थियो जुन पर्याप्त हुनसकेन। जवाफमा ओमानले ४८ ओभरमा लक्ष्य पुरा गर्यो। उसको जितमा खवर अलिले अविजित ८४ रन जोडे।

यी हुन् ति ३ कारण जसले गर्दा नेपालले खेल हार्न पुग्यो :

३) ब्याटिंगमा पर्याप्त रन नबन्नु :

टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाललाई ब्याटिंगको समस्याले थप पिरोल्यो। खेल सुरुहुने समयमा बादल लागेकाले ओभरकास्ट अवस्थामा ब्याटिंग सजिलो समेत थिएन। तर खेलाडीले पाएको सुरुवातलाई अगी बढाउन नसक्दा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन मात्र जोड्न सक्यो।

सागर पुनले ८३ तथा ज्ञानेन्द्र मल्ले ४५ रन जोड्न बाहेक अन्य मुख्य ब्याट्सम्यानको प्रदर्शन लज्जास्पदनै रह्यो। नेपालको ब्याटिंगमा ब्याट्सम्यानहरुले धेरै डट खेल्नु पुन: एकपटक टाउको दुखाइको कारण बन्यो। २२१ रन जोड्ने क्रममा नेपालले १६ चौका र ६ छक्का प्रहार गर्दै १०० रन बाउन्ड्रीबाट नै लिएको थियो यस्तै १ रन वाइड स्वरूप पाएको थियो। तर बाँकीको २७८ बलमा नेपालले १२० रन मात्र जोड्न सक्यो जसक्रममा ब्याट्सम्यानहरुले १८३ डट बल खेलेका थिए।

२) खराब फिल्डिंग :

पछिल्लो केहि समय यता नेपालको फिल्डिंग एसोसिएट राष्ट्रहरु मध्येमा उत्कृस्ट मानिन्छ । रोहित कुमार पौडेल, आरीफ शेख, अनिल कुमार साह जस्ता युवा खेलाडी तथा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन,सोमपाल कामी जस्ता अनुभवी खेलाडीहरु फिल्डिंगका लागि पनि चिनिने गर्दछन। तर ओमान बिरुद्धको खेलमा भने नेपालको फिल्डिंग खास रहन सकेन।

ग्राउण्ड फिल्डिंग ठीकठाक गर्दै २ रन आउट हात पार्न सकेपनि क्याच पकड्ने मामलामा भने नेपाल पछि पर्यो। सन्दिप लामिछानेको बलमा पारस खड्काले स्लिपमा क्याचको मौका गुमाउँदा सुबाश खकुरेलको हातबाट समेत मौका गुमेको थियो। विकेट-किपर खकुरेलको प्रदर्शन त सम्झन लायक रहन सकेन।

१) स्पिन जोडी विकेट बिहिन रहनु :

नेपालको बलिंगमा स्पिनरको महत्व धेरै रहने गर्छ। ओमान बिरुद्धको खेलमा नेपालले गुग्ली बोइ सन्दिप लामिछाने र संकट मोचकका रुपमा चिनिएका बसन्त रेग्मीको स्पिन जोडीलाई उतारेको थियो। तर आशा गरे बिपरित प्रदर्शन गर्दै स्पिन जोडीले नेपाललाई १ विकेट समेत दिलाउन सकेनन्।

सन्दिपलाई ओमानका ब्याट्सम्यानहरुले सम्मान दिएर खेलेपनि बसन्त रेग्मीको पछि भने ओमानका ब्याट्सम्यान हात धोएर भागेका थिए। स्पिन जोडीको १९ ओभरमा ओमानले ८८ रन जोड्दा नेपाललाई विकेट लिने मौका नै दिएको थिएन। आफ्नो १० ओभरको स्पेलमा सन्दिपले १ मेडन सहित २७ रन खर्चंदा बसन्तभने महँगो साबित हुनेक्रममा ९ ओभरमा २ मेडन राखेपनि बाँकी ७ ओभरमा ६१ रन खर्चिए।





थप समाचार

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]