आफ्नो दोस्रो खेलमा नेपाल युएईसंग भिड्दै, यस्तो छ अन्तिम ५ खेलको नतिजा

nepal vs uae
  • विकेटनेनेपाल – १३ भदौ, बुधवार

युएईमा संचालन हुने एसिया कप २०१८ को छनौट प्रतियोगिता अहिले मलेसियामा जारि छ। प्रतियोगिताको बिजेता राष्ट्रलेमात्र युएईमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागी हुन पाउने भएकाले सबै टोलीलाई सबै खेल जित्नु उतिनै महत्वपूर्ण रहेको छ।

आफ्नो पहिलो खेलमा ओमान बिरुद्ध हार बेहोरेको नेपाली टोलीले बिहिवार प्रतियोगिताको अर्को बलियो टोलि संयुक्त अरब एमिरेट्स (युएई) को सामना गर्दैछ। प्रतियोगिताको फाइनलमा स्थान बनाउन नेपाललाई युएई माथि जित हात पार्नु पर्ने दवाब रहेको छ। यस्तो छ नेपाल र युएई बिचको अन्तिम ५ खेलको नतिजा :

विश्व क्रिकेट लिग डिभिजन-२ फाइनल – २०१८ फेब्रुअरी १५

कप्तान पारस खड्काले अविजित ११२ रन (१०३ बल, ३ चौका, ८ छक्का), दिपेन्द्र सिंह ऐरीले ३५ तथा शरद भेसावकरले ३० रन प्रहार गरेपनि २७८ रनको लक्ष्य पछ्याएको नेपाल मात्र ७ रनले चुकेको थियो। युएईका लागि अश्फक अहमदले ११४ रन (१२३ बल, १० चौका, ३ छक्का) बनाउदा रोहन मुस्ताफाले ५१ रन तथा शैमन अनवरले २४ बलमा विस्फोटक ४० रन बनाएका थिए । युएईको जितमा अमिर हयातले ४ विकेट लिन मात्र ५३ रन खर्चेका थिए।

विश्व क्रिकेट लिग डिभिजन-२ समूह चरण – २०१८ फेब्रुअरी ११

सोमपाल कामिले ४ विकेट र सन्दिप लामिछानेले ३ विकेट लिन मात्र समान ३० रन खर्चेपछी नेपालले युएईलाई ३१ ओभरमा ११४ रनमा रोकेको थियो। उसका लागि शैमन अनवरले सर्बाधिक ३० रन बनाएका थिए । जवाफमा पारस खड्काले ५१ रनको आक्रामक पारि खेलेपछि नेपालले २८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

विश्व क्रिकेट लिग च्याम्पियनसिप, दोश्रो खेल – २०१७ डिसेम्बर ८

युएईको घरेलु मैदानमा भएको खेलमा अमजद जावेदले ३ विकेट लिन मात्र २३ रन खर्चेपछी १९६ रनको लक्ष्य पछ्याएको नेपाल ४२.२ ओभरमा मात्र १३२ रनमा समेटिदै ६३ रनले पराजित भएको थियो। अदनान मुफ्तीले ८९ बलमा १०४ रन (८ चौका, ३ छक्का) को पारि खेल्दै युएईको इनिंग उकासेका थिए। सोमपाल कामिले मात्र २७ रन खर्चेर ५ विकेट हात पारेपछि पहिले ब्याटिंग गरेको घरेलु टोलिले ४९.२ ओभरमा १९५ रन बनाउदा सबै विकेट गुमाएको थियो।

विश्व क्रिकेट लिग च्याम्पियनसिप, पहिलो खेल – २०१७ डिसेम्बर ६

रोहन मुस्ताफाले ६२ रन (७१ बल, ७ चौका, १ छक्का) तथा गुलाम शब्बिरले अविजित ८१ रन (११६ बल, ८ चौका) बनाएपछि नेपालले दिएको २२२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो। पहिले ब्याटिंग गरेको नेपालले शरद भेसावकरको अविजित ८१ रन (९५ बल, ५ चौका) तथा ज्ञानेन्द्र मल्लको ५४ रन (८३ बल, ६ चौका) को मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर २२१ रनको योगफल तयार पारेको थियो।

एसीसी प्रिमियर लिग – २०१४ मे १

मेहबुब आलमले २१ रन खर्चिदै तथा सोमपाल कामीले ३९ रन खर्चिदै समान ३/३ विकेट लिएपछि पहिले ब्याटिंग गरेको युएईले स्वप्निल पाटिलको ७६ रन (९५ बल, ८ चौका, २ छक्का) को बाबजुत ४८.१ ओभरमा सबै विकेट गुमाउंदै १९१ रन बनाएको थियो । जवाफमा सुबास खकुरेलले ७१ रन (९१ बल, ११ चौका) तथा ज्ञानेन्द्र मल्लले ४७ रन (३७ बल, ७ चौका, १ छक्का) बनाएपछि नेपालले ३९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]