युएईसंग हार पछाडीको ३ महत्वपूर्ण कारण

Nepal Cricket Team

– विकेटनेपाल, भदौ १४ 

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा समेत हार बेहोर्यो। संयुक्त अरब एमिरेट्स बिरुद्ध मलेसियाको किनरारा ओभल मैदानमा नेपाल ७८ रनले पराजित हुन पुग्यो भने बुधबार पहिलो खेलमा ओमानसंग ७ विकेटले नेपाल पराजित भएको थियो।

लगातार २ खेलमा हार पछि प्रतियोगिताको बिजेता हुँदै एसिया कपको यात्रा गर्ने नेपालको सम्भावना मुस्किल देखिएको छ। अब नेपालले ओमान र युएई जस्तो टिमलाई पछि पार्न कम्तिमा बाँकी ३ खेलमै जित हात पार्न पर्ने अवस्था आएको छ। पुनः नेपालले अरु टिमको नतिजामा पनि भर पर्नुपर्नेछ।

युएईसंग टस जित्दै पहिले बलिंग गर्ने निर्णय लिएको नेपालका लागि सन्दिप लामिछानेले ४ तथा बसन्त रेग्मीले २ विकेट लिएपछि युएईले ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन जोडेको थियो। जवाफमा २५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८.५ ओभरमा १७३ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो। नेपालको हार पछाडीका ३ कारण :

३) फ्लप पेस जोडी : ओमान बिरुद्धको पहिलो खेलमा स्पिन जोडी चल्न नसकेपनि युएई बिरुद्ध दुवै स्पिनरहरु सन्दिप लामिछाने र बसन्त रेग्मीले उत्कृस्ट प्रदर्शन गरे। तर पहिलो खेलमा समेत निराश प्रदर्शन गरेका पेस बलरद्वय सोमपाल कामी र करन केसीको प्रदर्शन युएई बिरुद्ध समेत उही रह्यो।

करन र सोमपालले नयाँ बलले सुरुवातमा विकेट दिलाउन नसक्दा नेपालले पहिलो विकेटका लागि १२.१ ओभरसम्म स्पिनर (बसन्त रेग्मी) को प्रतिक्षा गर्नु परेको थियो। सुरुवातमा विकेट नगुमाएको युएईले पहिलो १० ओभरमा ६४ रन जोडेको थियो। आफुले पाएको सुरुवातमा युएईका दुवै ओपनर ब्याट्सम्यानहरु अस्फाक अहमद र चिराग सुरीले फाइदा उठाए।

यस्तै पेस जोडीको फ्लप कहानी अन्तिमको १० ओभरमा समेत चल्यो। पुरानो बलले अन्तिमका ओभरमा रन जोगाउन नसक्दा युएईले अन्तिमको १० ओभरमा मात्र ३ विकेट गुमाएर ६४ रन जोडेको थियो। सो ३ मध्येको २ विकेटभने सन्दिप लामिछानेको नाममा रह्यो। अन्तिम १० ओभरको अवधिमा ३ ओभर बलिंग गरेका करनले २५ रन खर्चिंदा सोहि अवधिमा २ ओभरमात्र बलिंग गरेका सोमपालले १० रन खर्चेर १ विकेट लिए। सोमपाल कामी, पारस खड्का र करन केसीको २४ ओभरमा युएईले मात्र २ विकेट गुमाएर १५२ रन चोरेको थियो। सोमपाल कामीले १० ओभरमा २ विकेट लिन ५८ रन खर्चिंदा विकेट बिहिन करन केसीले भने ८ ओभरमा नै ६१ रन लुटाए।

२) असन्तुलित ब्याटिंग अर्डर : युएई बिरुद्धको खेलमा नेपालको ब्याटिंग अर्डर समेत असन्तुलित देखियो। ओमान बिरुद्ध खेलका ११ खेलाडीनै लिएर युएई बिरुद्ध उत्रिएको नेपालको ब्याटिंगमा सुबाश खकुरेल र दिपेन्द्र सिंह ऐरी बाहेक अन्यले खास मात्रामा रन जोड्न सकेनन्।

३३.१ ओभरमा आरिफ शेखका रुपमा नेपालले आफ्नो पाँचौ विकेट गुमाएको थियो। अर्को छेउबाट दिपेन्द्र सिंह ऐरीले समझदारीपूर्ण ब्याटिंग गरिरहेका समयमा नेपालले रोहित कुमार पौडेल, सोमपाल कामी र बसन्त रेग्मीभन्दा अगाडी करन केसीलाई ब्याटिंगमा पठायो। रन रेट बढाउनकै लागि करनलाई माथी पठाउने निर्णय भएको भएपनि त्यो गलत साबित हुन पुग्यो। सुझबुझपूर्ण तरिकाले ब्याटिंग गरिरहेका दिपेन्द्र सिंह ऐरीलाई रोहित पौडेल वा सोमपाल कामीसंग आवश्यक ८.५ रन प्रति ओभरको दरमा ब्याटिंग गर्न सायदै गार्हो हुने थियो।

Sompal Kami
सोमपाल ९ नबरमा ?

नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोरको रेकर्ड आफ्नो नाममा रहेका सोमपाल कामीलाई ९ नम्बरमा ब्याटिंगमा पठाइनु समझदारीभन्दा बाहिरको बिषय थियो। खुलेर ब्याटिंग गर्दै रन जोड्न सक्ने क्षमता सोमपालमा रहेको छ तर नेपाली टोलीले वा भनौं कप्तान र प्रशिक्षकले आज त्यसको फाइदा उठाउन सकेनन्। ९ नम्बरमा ब्याटिंग गर्न आएपनि सोमपालले ३४ बलमा अविजित २७ रनको इनिंग खेले।

१) माथिल्लो क्रमको सुस्त ब्याटिंग, कुल १९० डट बल : नेपालको ब्याटिंगमा सधैं दोहोरिने समस्या अनावश्यक डट बलनै हो। ओमान बिरुद्धको खेलमा समेत १८३ डट बल खेलेको नेपालले दोस्रो खेलमा समेत त्यहि गल्ति दोहोर्यायो। खेलको सरुवातमा ५.१ रन प्रति ओभर आवश्यकबाट सुरु भएको चेज १० ओभर पुग्दा ५.५०, २० ओभरमा ६.५६, ३० ओभरमा ७.७० हुँदै ४० ओभरहुँदा ११.२० मा पुगिसकेको थियो।

Subash Khakurel , Gyanendra Malla
Opners Subash Khakurel & Gyanendra Malla

नेपालले आफुले जोडेको १७६ रन मध्ये ५६ रन बाउन्ड्री मार्फत जोडेको थियो। यस्तै ८ रन वाइड स्वरूप पाउँदा बाँकि रहेका २८० बलमा ११२ रन मात्र जोडेको थियो। नेपालले आफुले खेलेका जम्म बलमध्येका ६७.८५% बल डट खेलेको थियो। नेपालको इनिंगमा सर्वाधिक ५० रन बनाएका सुबाश खकुरेलले अत्यन्त सुस्त ९७ बल खर्चे। यस्तै सागर पुनले २० बल खर्चिएर अत्र ३ रन जोडे।

माथिल्लो अर्डरका ब्याट्सम्यानहरुले सुस्त रन बनाउदा पहिलो ३० ओभरमा नेपालले ३.३६ प्रति ओभरको दरले मात्र १०१ रन बनाउन सकेको थियो। ६ विकेट बाँकी रहे पनि बाँकी २० ओभरमा खेल जित्न नेपालको तल्लो मध्येक्रम र तल्लो क्रमका ब्याट्सम्यानहरुले ७.६५ प्रतिओभर रन बनाउनु पर्थ्यो। त्यही रनरेटको दबाबनै नेपालको हारको प्रमुख कारण थियो।

नेपालको सुस्त ब्याटिंग : १० ओभर – ३५/२ ( ३५ रन )  , २० ओभर ५८/३ ( २३ रन )  , ३० ओभर १०१/४ ( ४३ रन )  , ४० ओभर  १४३/८ ( ४२ रन ) , ४८.५ ओभर १७६/१०  ( ३३ रन )





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]