अपराजित ओमान, लज्जास्पद युएई, शानदार हंगकंग ( एसिया कप छनौट- तेश्रो दिन )

  • विकेटनेपाल,भदौ १६

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलहरुमा नेपाल, हंगकंग र ओमानले जित हात पारेका छन्।

शनिबारको ३ वटा खेल पछि अंकतालिकामा ओमान ३ खेलमा ३ जित सहित ६ अंक बटुली रहेको छ। उता पहिलो हार पछि लगातार २ जित हात पार्दै हंगकंग ४ अंक सहित दोश्रो तथा तेश्रो खेलमा पहिलो हार बेहोर्दै युएई नेट रनरेटको आधारमा तेश्रो स्थानमा रहेको छ। ३ खेलमा १ जित र २ हार बेहोरेको मलेसिया र नेपाल चौथो र पाँचौ स्थानमा तथा सबै ३ खेल हारे पछि सिंगापुर छैठौं स्थानमा रहेको छ। लिग चरणमा उत्कृस्ट २ स्थान भित्र पर्ने टिमले प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ भने फाइनल जित्ने टिम एसिया कप खेल्न छनौट हुनेछ।

के-के भए आजको ३ खेलको नतिजा ? 

मलेसिया Vs नेपाल –  फाइनल पुग्ने सम्भावना जीवित राख्न गर या मरको स्थितिमा रहेको नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा मलेसियालाई १९ रनले पराजित गर्यो। बायुमास ओभल मैदानमा बर्षा बाधक बनेको खेललाई ३० ओभरमा झारिएको थियो। टस हारेर ब्याटिंग गर्दै नेपालले दिएको १८९ रनको लक्ष्यको पिछा गरेको घरेलु टोलीले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र जोड्न सक्यो। उसको चेजमा अनवर अरुदीन र स्येद अजिजले समान ३४-३४ रनको पारि खेले। नेपालको बलिंगतर्फ बसन्त रेग्मीले सर्वाधिक ३ तथा सन्दिप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए। यसअघि नेपाललाई १८८ रनको स्कोरसम्म पुर्याउन आरिफ शेखले अविजित ६४ तथा प्लेयर अफ द म्याच चुनिएका दिपेन्द्र ऐरीले ५४ रन जोडेका थिए।

Dipendra Airee
Dipendra Airee

ओमान Vs सिंगापुर – प्रतियोगितामा अपराजित यात्रा कायम गर्ने क्रममा ओमानले तेश्रो खेलमा सिंगापुरलाई ८ विकेटको बिशाल अन्तरले पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग गर्दै सिंगापुरले ५० ओभरमा २१५ रन बनाएको थियो। २१६ रनको लक्ष्य पछ्याउन ओमानले मात्र २६.४ ओभर लगायो र २ विकेट मात्रै गुमायो। ओमानका ओपनिङ्ग ब्याट्सम्यान अकिब इल्यसले शतकीय योगदान दिने क्रममा आक्रामक ब्याटिंग गर्दै र ६ छक्का मदतले १०९ रन बनाए। यस्तै जतिंदर सिंहले ५३ रन र खवर अलिले ३६ रन बनाए। यस अघि बलिङ्गमा बिलाल खानले ओमानको लागि सर्वाधिक ४ विकेट लिएका थिए।

यएई Vs हंगकंग –  पहिलो खेलमा आयोजक मलेसियासंग पराजित भएपछि लगातार दोश्रो जित निकाल्ने क्रममा हंगकंगले बलियो युएईलाई सहजै पराजित गर्यो। टस हारेर ब्याटिंग गरेको हंगकंगले निर्धारित ४९ ओभरमा २७५ रनको योगफल खडा गर्यो। हंगकंग कप्तान अन्शुमन रथ र बाबर हयातले शानदार शतकीय इनिंग खेल्ने क्रममा क्रमसः १०२ ( ११३ बल,  चौका र २ छक्का ) , १०७ ( १०५ बल, ९ छक्का र २ चौका ) प्रहार गरे। २७६ रनको लक्ष्य पछ्याउने क्रममा युएईले अत्यन्त खराब ब्याटिंग गर्दै २४.५ ओभरमा सबै विकेट गुमाउन पुग्यो। हंगकंग अफ स्पिनर एहसान खानले ४ विकेट हात पार्दै युएईलाई प्रतियोगिताको पहिलो हार चखाए।

आइतबार हुने खेलहरु –  हंगकंग Vs ओमान, युएई Vs मलेसिया, नेपाल Vs सिंगापुर  , मंगलबार हुने खेलहरु – मलेसिया Vs सिंगापुर , युएई Vs ओमान , नेपाल Vs हंगकंग





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]