टस हारेको नेपालको उत्कृस्ट सुरुवात

Nepal Cricket Team
  • विकेटनेपाल, भदौ १७ 

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा सिंगापुरको सामना गर्दैछ।

मलेसियाको युएकेमास ओभल मैदानमा नेपालले टस हारेपछि फिल्डिंग गर्ने मौका पाएको छ। प्रतियोगिताको फाइनल पुग्दै एसिया कप खेल्ने सपनालाई कायम राख्न नेपाललाई खेल जित्नै पर्ने दवाब रहेको छ। नेपाली टोलीले आफ्नो अन्तिम ११ मा एक परिवर्तन गर्दै बलिंगमा उत्रिएको छ। मलेसिया बिरुद्धको खेलमा अन्तिम ११ मा रहेका ललित भण्डारीको स्थानमा नेपालले ललित राजबंशीलाई मौका दिएको छ।

नेपाल अन्तिम ११ : सुबाश खकुरेल, ज्ञानेन्द्र मल्ल. पारस खड्का, सागर पुन, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, अनिल कुमार साह, सोमपाल कामी, बसन्त रेग्मी, ललित राजबंशी, सन्दिप लामिछाने

यो समाचार तयार गर्दा सम्म सिंगापुरले ६ ओभरमा २२ रन बनाउदा ३ विकेट गुमाईसकेको छ। सोमपाल कामिले २ तथा ललित राजबंशीले १ विकेट दिलाएका छन्। अपडेट हेर्नुस

यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा संचालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भागलिंदै छन्। प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा न खेल्ने मौका प्राप्त गर्नेछ।





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]