विराट कोहली एसिया कप नखेल्ने

  • विकेटनेपाल – १७ भदौ, आइतवार

भारतीय टोलीका नियमित कप्तान विराट कोहली एसिया कप नखेल्ने भएका छन्। भारतले शनिवार सार्वजनिक गरेको एसिया कप खेल्ने टोलीमा कोहलीलाई समावेश गरिएको छैन।

इंग्ल्याण्ड बिरुद्धको ५ टेस्टको शृंखला अन्तर्गत यति बेला इंग्ल्याण्डमा रहेका कोहलीलाई आराम दिनका लागि टोलीमा समावेश नगरिएको छनौटकर्ता एमएसके प्रसादले बताए। उनले भने, “उनी पछिल्लो केहि समय यता लगातार क्रिकेट खेलिरहेका छन् र उनीमाथी रहेको बोझलाई मध्य नजर गर्दै हामीले उनलाई आराम दिएका छौं। ”

कोहलीलाई आराम दिइएपछि भारतको कप्तानी भने रोहित शर्माले गर्नेछन्। रोहितको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा शिखर धवन, लोकेश राहुल, अम्बाती रायडु, मनिष पाण्डे, केदार जाधव, महेन्द्र सिंह धोनी, दिनेश कार्तिक, हार्दिक पान्ड्या, कुलदिप यादव, युज्भेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, शार्दुल ठाकुर र खलिल अहमद रहेका छन्।

भारतले एसिया कपमा आफ्नो पहिलो खेल सेप्टेम्बर १८ मा छनौट प्रतियोगिताको बिजेतासंग खेल्ने छ। यस्तै सेप्टेम्बर १९ मा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ। एसिया कप प्रतियोगिता युएईमा यहि सेप्टेम्बर १५ तारिकबाट सुरु हुँदैछ। प्रतियोगितामा भारत, पाकिस्तान सहित श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनौट प्रतियोगिताको उपाधि जित्ने एक राष्ट्रले सहभागिता जनाउनेछन्।

मलेसियामा जारि छनौट प्रतियोगितामा युएई, ओमान,मलेसिया, नेपाल, सिंगापुर र हंगकंग सहभागी छन् जसमध्ये बिजेता टिम एसिया कप खेल्न छनौट हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]