यसरी हुँदैछ भारतसंग खेल्ने तयारी ( फोटो फिचर )

  • विकेटनेपाल, भदौ २० 

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) को आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने ४ टिम सहभागी हुने मैत्रीपूर्ण सिरिजमा सहभागी हुन नेपाली यु- १९ राष्ट्रिय क्रिकेट टिम त्रिभुवन अन्तर्ररास्ट्रिय क्रिकेट मैदानमा प्रशिक्षणमा ब्यस्त रहेको छ।

भारत यु-१९ र अफगानिस्तान यु-१९ तथा भारतको नेसनल क्रिकेट एकेडेमीको यु-१९ टिमसंग खेल्न नेपाली टिम सेप्टेम्बर ९ तारिकमा लखनउ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भारत प्रस्थान गर्नु अघि नेपाली यु-१९ टिम मुख्य प्रशिक्षक बिनोद दासको रोहबरमा टियु मैदानमा अभ्यासमा ब्यस्त रहेको छ। प्रतियोगिता खेल्ने टिमको छनौट ट्यालेन्ट हन्ट मार्फत गरिएको थियो जसबाट छानिएका प्रतिभाहरुमध्ये ४४ हुँदै हाल २२ जना खेलाडीहरु अभ्यासरत रहेका छन्। २२ जना मध्येबाट बिहिबारसम्म अन्तिम टिमको घोषणा हुनेछ।

नेपाली युवा टिमको कप्तानी आसिफ शेखले गर्नेछन् भने टिममा यस अघि यु-१९ राष्ट्रिय टिमबाट खेलीसकेका खेलाडीहरु पवन सर्राफ, किशोर महतो,रासिद खान, कमल ऐरि , सन्दिप जोरा, भिम शार्की, नन्दन यादब जस्ता खेलाडीहरु समाबेश छन्। यस्तै टिममा यु-१६ राष्ट्रिय टिमको लागि खेलेका खेलाडीहरु समेत सहभागी छन् भने प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका हरि चौहान पनि टिममा छन्।

काठमाडौँमा बिगत २ सात देखि जारि अभ्यास र अभ्यास खेलहरुबाट टिमको छनौट पुर्व राष्ट्रिय टिमका कप्तान समेत रहेका राजु खड्काले गरिरहेका छन्।

Binod Das
Binod Das

भारतमा नेपालले मैत्रीपूर्ण सिरिज अन्तर्गत आफ्नो पहिलो खेल सेप्टेम्बर १२ मा एनसीए यु-१९ संग, दोश्रो खेल सेप्टेम्बर १४ मा भारत यु-१९ संग, तेश्रो खेल सेप्टेम्बर १६ मा अफगानिस्तान यु-१९ संग खेल्नेछ। लिग चरणमा सबैले एकअर्का बिरुद्ध खेलीसकेपछि लिगको पहिलो र दोश्रो हुने टिमले १८ सेप्टेम्बरमा फाईनल खेल्नेछन् भने सोहि दिन लिगको तेश्रो र चौथो टिम बीच प्लेअफ जादभपुर युनिभर्सिटी मैदानमा खेलिने कार्यक्रम रहेको छ।

Rashid Khan
Rashid Khan

खेलतालिका – 
सेप्टेम्बर १२ : भारत यु-१९ Vs अफगानिस्तान यु-१९ ( इडन गार्डेन ) , नेपाल यु-१९ Vs एनसीए यु-१९ ( जादभपुर युनिभर्सिटी )
सेप्टेम्बर १४ : नेपाल यु-१९ Vs भारत यु-१९ ( इडन गार्डेन ) , एनसीए यु-१९ Vs अफगानिस्तान यु-१९ ( जादभपुर युनिभर्सिटी )
सेप्टेम्बर १६ : एनसीए यु-१९ Vs भारत यु-१९ ( इडन गार्डेन ) , नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९ ( जादभपुर युनिभर्सिटी )
सेप्टेम्बर १८ :  लिग बिजेता Vs लिग उपविजेता ( इडन गार्डेन ) , तेश्रो Vs चौथो, प्लेअफ ( जादभपुर युनिभर्सिटी )

हेर्नुस फोटोहरुमा नेपाली टिमको अभ्यास 

Rit Gautam
Rit Gautam
Binod Das, Kishor Mahato
Binod Das, Kishor Mahato
Aasif Sheikh
Aasif Sheikh

Aasif Sheikh
Aasif Sheikh
Kamal Airee
Kamal Airee

Hari Chauhan
Hari Chauhan
Binod Das
Binod Das





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]