एसिया कपमा हंगकंगलाई एकदिवसीय राष्ट्रको मान्यता

  • विकेटनेपाल – भदौ २६

गत साता मलेसियामा सम्पन्न एसिया कप छनौट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र नेपाल र युएईलाई पछि पार्दै एसिया कप खेल्न छनौट भएको हंगकंगले एसिया कपमा खेल्ने खेलहरुले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी सेप्टेम्बर १५ बाट सुरुहुने एसिया कप क्रिकेटका सबै खेललाई एक दिवसीय मान्यता दिने निर्णय गरेको छ। योसंगै छनौट प्रतियोगिताबाट आएको टोलि हंगकंगले समेत प्रतियोगिता भरिका लागि अस्थायी मान्यता पाएको हो।

हंगकंग एसिया कपमा भारत र पाकिस्तान रहेको समुहमा छ जुन क्रममा सेप्टेम्बर १६ मा पाकिस्तान र १८ मा भारतसंग खेल्नेछ।

सन् २०१४ जनवरीमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट एक दिवसीय राष्ट्रको मान्यता पाएपनि यसै बर्ष मार्चमा जिम्बाबेमा आयोजित एकदिवसीय बिश्वकप छनौटमा दशौँ स्थानमा रहेपछि हंगकंग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन चुकेको थियो। सोहि प्रतियोगितामा छैठौं स्थान हाँसिल गरेको युएई र आठौँ स्थान हाँसिल गरेको नेपालले भने उत्कृस्ट ४ एसोसिएट राष्ट्र भित्र पर्दा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

एसियाका ५ टेस्ट राष्ट्रहरु भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तान सहित छनौट प्रतियोगिताको बिजेता हंगकंगको सहभागिता रहेको एसिया कप ५० ओभर फर्म्याटमा रहनेछ। प्रतियोगिताका ५ टेस्ट राष्ट्रहरुसंग एक दिवसीय मान्यता रहेपनि हंगकंगसंग मान्यता नरहेकाले हंगकंग सम्मिलित हुने खेलको बिषयमा पछिल्लो समय चर्चा बढेको थियो।

यसअघि सन् २००४ मा सम्पन्न एसिया कपमा हंगकंगले एसोसिएट रास्ट्रको रुपमा युएईसंगै स्थान बनाएको थियो। त्यस संस्करणमा समेत हंगकंगले प्रतियोगिताका लागि अस्थायी एक दिवसीय मान्यता पाउँदै बंगलादेश र पाकिस्तानसंग समुह चरणमा खेल खेलेको थियो। पुनः सन् २००८ मा लगातार हंगकंगले एसिया कप खेलेको थियो। दुवै संस्करणमा हंगकंग पहिलो चरणबाट अघि बढ्न सकेको थिएन।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रमुख कार्यकारी डेभ रिचर्डसनले एसिया कपका सबै खेललाई एक दिवसीय मान्यता प्रदान गर्नु आइसीसीको स्वागतयोग्य कदम रहेको बताएका छन्-

“एसिया कपका सबै खेललाई एक दिवसीय मान्यता दिनु आईसीसीको राम्रो निर्णय हो। हामी अन्तर्राष्ट्रिय क्रिकेटलाई भित्रसम्म नियाल्ने प्रयासमा छौं र यसले दीर्घकालीन समयमा खेलको बिकास गर्नेछ र अझ धेरै मानिसलाई क्रिकेट समर्थक बनाउने छ।”

Hong Kong Cricket Team
Hong Kong Cricket Team

एक दिवसीय मान्यताको दायरा फराकिलो पारिएको बिषयमा रिचर्डसनले थपे – “कुनै प्रतियोगितामा एक दिवसीय मान्यता भएका र नभएका देश सम्मिलित रहंदा धेरै समर्थकहरुलाई त्यसले बुझ्नमा समस्या दिएको थियो त्यसैले हामीले विश्वकपसंगै अब एसिया कप र विश्वकप छनौट प्रतियोगिताका खेलहरुलाई एक दिवसीय मान्यता दिने निर्णय गरेका हौँ।”

यस संस्करणको एसिया कप क्रिकेटका लागि मलेसियामा सम्पन्न छनौट प्रतियोगितामा बिजेता राष्ट्र बन्दै हंगकंगले मूल: प्रतियोगितामा स्थान बनाएको हो। हंगकंग सहित आयोजक मलेसिया, नेपाल, ओमान, युएई र सिंगापुर सहभागी प्रतियोगिताको आफ्नो पहिलो खेलमानै मलेसियासंग लज्जास्पद हार बेहोरेपनि बाँकि सबै खेल जित्दै हंगकंगले एसिया कपको बाटो खोलेको हो।

साबिक बिजेता भारत र पाकिस्तानसंगै समुह “ए” मा रहेको हंगकंगले आफ्नो पहिलो खेल १६ सेप्टेम्बरमा पाकिस्तान र १८ सेप्टेम्बरमा भारत बिरुद्ध खेल्ने छ। प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर २८ तारिकमा दुबईमा खेलिने तालिका रहेको छ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]